Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादी छाडेर एमालेमा प्रवेश गरेका दुई सांसदको पद धरापमा


    आइतबार, चैत्र २२ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका लुम्बिनी प्रदेशका सांसदद्वय दधिराम न्यौपाने (रुपन्देही) र दिनेश पन्थी(गुल्मी) काे सांसद पद धरापमा परेकाे छ ।

    एमालेमा प्रवेश गरेपछि न्यौपाने र पन्थीलाई पार्टीले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । तर, एक हप्ता बितिसक्दा पनि उनीहरुले स्पष्टीकरणको जवाफ नदिएपछि उनीहरुलाई माओवादीले कारवाही गर्ने भएपछि पद धरापमा परेकाे हाे ।

    स्पष्टीकरणको जवाफ नआएकाले अब दुबैलाई कारवाहीको पत्र लेख्ने निर्णय भएको माओवादी स्रोतले बताएकाे छ । माओवादीले कारवाही गरेसँगै उनीहरुको सांसद पद खारेज हुन्छ ।

    न्यौपाने र पन्थीले आफूहरु सांसद पद गए पनि एमालेमै रहने मौखिक जवाफ माओवादी नेताहरुलाई दिएको स्रोतले बताएकाे छ । ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार