Nepal Face
  • शनिबार, २० भाद्र २०८३
  • कैलालीमा पेस्तोल र चरेश बरामद


    शनिबार, भाद्र २० २०८३
    90
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कैलाली जिल्लाको कैलारी गाउँपालिका–७ पुरानो भुईयाफाटास्थित तीनकुनेबाट भदौ १९ गते सशस्त्र प्रहरीले एक थान कटुवा पेस्तोल र चरेश बरामद गरेको छ ।

    उक्त पेस्तोल तथा चरेश सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोष्ट भुईयाफाटाबाट सशस्त्र प्रहरी निरीक्षक रामबहादुर खत्रीको कमाण्डमा खटिएको टोलीले बरामद गरेको हो ।

    सोही स्थानको बाटोको छेउको झाडीमा मानिस बोलेको आवाज सुनेपछि सो टोलीले टर्चलाइट बालेर हेर्दा केही व्यक्तिहरु फरार भएपछि उक्त स्थानमा खानतलासी गर्दा कालो प्लाष्टिकले बेरेर फालिएको अवस्थामा एक थान कटुवा पेस्तोल तथा अन्दाजी १ किलो चरेश फेलापारेको हो ।

    बरामद पेस्तोल तथा चरेश आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार