काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेका १ हजार १ सय ५५ जनाको स्वास्थ्य उपचार गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपालको एपीएफ अस्पताल बलम्बुबाट खटिएको चिकित्सकसहितको टोलीले बाढी प्रभावित क्षेत्रको विभिन्न ठाउँमा हेल्थ क्याम्प खडा गरी उनीहरुलाई स्वास्थ्य उपचार प्रदान गरेको हो ।
उक्त अस्पतालबाट विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्यकर्मी टोलीले बाढी प्रभावित क्षेत्रमध्ये रसुवाको टिमुरे, नुवाकोटको आयुर्वेद अस्पताल, किरियापुत्री भवन, पृथ्वी माध्यमिक विद्यालय र कुमलटारस्थित सेतीदेवी आधारभूत विद्यालय, धादिङको गल्छी र काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भाद्र १० गतेदेखि नै हेल्थ क्याम्प खडा गरी सेवा प्रदान गर्दै आईरहेको छ ।
उक्त जिल्लाहरुमा हेल्थ क्याम्प खडा गरी सो टोलीले रसुवामा १९ जना, नुवाकोटमा १ हजार ४ जना, धादिङमा २५ जना र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १ सय ७ जनालाई स्वास्थ्य उपचार प्रदान गरेको हो ।
बाढीमा परी घाइते भएकाहरुको उपचारको लागि नुवाकोटको किरियापुत्री भवनमा प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षक डा. रोशन पराजुली, आयुर्वेद अस्पतालमा प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षक डा. गंगाराम खत्री, देवीघाटमा प्राविधिक सशस्त्र प्रहरी निरीक्षक डा. सानु गुरुङ र धादिङको गल्छीमा प्राविधिक सशस्त्र प्रहरी निरीक्षक चन्दन यादव खटिनु भएको छ ।
उक्त क्षेत्रको समग्र कमाण्डको जिम्मेवारी प्राविधिक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक डा. शैलेन्द्रकुमार दुवाल श्रेष्ठले सम्हाल्दै आइरहनुभएको छ । सशस्त्र प्रहरीले बाढी प्रवाहित क्षेत्रमा घाइते भएकाहरुको उद्धार र सहयोगका लागि मास्क क्याजुअल्टी भेइकलसमेत परिचालन गरेको छ ।
त्यसैगरी रसुवाको टिमुरेमा प्राविधिक सशस्त्र प्रहरी निरीक्षक डा। सुरेन्द्र भट्टराई र प्राविधिक सशस्त्र प्रहरी निरीक्षक डा. अनिल जोशी खटिनुभएको छ । काठमाडौमा प्राविधिक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक डा. रोसु थापा फिल्ड इमर्जेन्सी म्यानेजमेन्ट र प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षक डा. आशिष थापा इमर्जेन्सी केस ह्याण्डलिङको लागि खटिदै आउनुभएको छ ।
साथै सशस्त्र प्रहरीको स्वास्थ्यकर्मी टोलीले काठमाडौ, रसुवा र नुवाकोटको विभिन्न ठाउँमा स्थापना गरिएका होल्डिङ सेन्टरमा रहेका बाढी पीडितहरुको समेत स्वास्थ्य परीक्षण गर्नुका साथै उनीहरुको स्वास्थ्यस्थितीबारे जानकारी लिंदै स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । बाढीमा परी घाइते भएकाहरूको उपचारको व्यवस्था मिलाउन नेपाल एपीएफ अस्पताल र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा रहेको ट्रमा सेन्टर समेत तयारी अवस्थामा राखिएको छ ।
त्यसैगरी बाढी प्रभावित जिल्लाका होल्डिङ सेन्टरमा बस्ने बाढी पीडितहरुको सहजता र सहयोगका लागि सशस्त्र प्रहरी कर्मचारीहरु क्याम्प कोअर्डिनेसन तथा क्याम्प व्यवस्थापन कार्यमा खटिदै आएका छन् ।
त्यस्तै बाढीमा परी मृत्यु भएकाको शव व्यवस्थापन कार्यमा समेत परिचालन भई सशस्त्र प्रहरीले सरोकावाला निकायसँग समन्वय गरी संयुक्त रुपमा सुरक्षित शव व्यवस्थापन गर्दै आइरहेको छ ।
बाढी प्रभावित क्षेत्रका विभिन्न ठाउँहरुमा खोज तथा उद्धारको लागि सशस्त्र प्रहरी बल नेपालले ४ हजार २ सयभन्दा बढी सशस्त्र प्रहरी कर्मचारीहरु परिचालन गरेको छ । सो टोलीले बाढीमा परेकाहरुको खोज तथा उद्धार, स्वास्थ्य सेवा, आपतकालिन औषधी उपचार, होल्डिङ सेन्टरको व्यवस्थापन तथा राहत सामग्री वितरण लगायतका कार्यमा समेत निरन्तर रुपमा खटिँदै आइरहेको सशस्त्र प्रहरीका डीआईजी नेत्रबहादुर कार्कीले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौँ । भदौ १० गते आएको बढाीपहिरोमा परेर अपर त्रिशुली १ मा हराइरहेकाहरुको नामावली सार्वजनिक भएको छ । नेपाल वाटर एण्ड इनर्जी डभलपमेन्ट कम्पनीका १५...
विराटनगर । विराटनगरको सीमावर्ती क्षेत्रबाट प्रहरीले अस्पतालको भ्यानमा राखिएको अवस्थामा गाँजा बरामद गरेको छ । विराटनगर महानगरपालिका-१६ दरैयास्थित कोलर चोकमा सशस्त्र प्रहरी बल नेपाल बिओपी...
काठमाडौँ। भोटेकोसी बाढीबाट पीडितका लागि राहत सामग्री लिएर कोरियन एयर फोर्सको जहाज काठमाडौँ आइपुगेको छ। उक्त जहाज आज बुधबार बिहान काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण...
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार तथा राहत कार्यलाई सहयोग गर्न भारतले पाँचौँ लटको सहयोग पठाएको छ । भारतीय विदेशमन्त्री डा. एस...
काठमाडौँ । अविरल वर्षाका कारण आएको बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू पूर्ण रूपमा ठप्प भएका छन्। नेपाल प्रहरीका अनुसार बागमती, गण्डकी, कर्णाली र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend