काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेका १ हजार १ सय ५५ जनाको स्वास्थ्य उपचार गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपालको एपीएफ अस्पताल बलम्बुबाट खटिएको चिकित्सकसहितको टोलीले बाढी प्रभावित क्षेत्रको विभिन्न ठाउँमा हेल्थ क्याम्प खडा गरी उनीहरुलाई स्वास्थ्य उपचार प्रदान गरेको हो ।
उक्त अस्पतालबाट विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्यकर्मी टोलीले बाढी प्रभावित क्षेत्रमध्ये रसुवाको टिमुरे, नुवाकोटको आयुर्वेद अस्पताल, किरियापुत्री भवन, पृथ्वी माध्यमिक विद्यालय र कुमलटारस्थित सेतीदेवी आधारभूत विद्यालय, धादिङको गल्छी र काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भाद्र १० गतेदेखि नै हेल्थ क्याम्प खडा गरी सेवा प्रदान गर्दै आईरहेको छ ।
उक्त जिल्लाहरुमा हेल्थ क्याम्प खडा गरी सो टोलीले रसुवामा १९ जना, नुवाकोटमा १ हजार ४ जना, धादिङमा २५ जना र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १ सय ७ जनालाई स्वास्थ्य उपचार प्रदान गरेको हो ।
बाढीमा परी घाइते भएकाहरुको उपचारको लागि नुवाकोटको किरियापुत्री भवनमा प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षक डा. रोशन पराजुली, आयुर्वेद अस्पतालमा प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षक डा. गंगाराम खत्री, देवीघाटमा प्राविधिक सशस्त्र प्रहरी निरीक्षक डा. सानु गुरुङ र धादिङको गल्छीमा प्राविधिक सशस्त्र प्रहरी निरीक्षक चन्दन यादव खटिनु भएको छ ।
उक्त क्षेत्रको समग्र कमाण्डको जिम्मेवारी प्राविधिक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक डा. शैलेन्द्रकुमार दुवाल श्रेष्ठले सम्हाल्दै आइरहनुभएको छ । सशस्त्र प्रहरीले बाढी प्रवाहित क्षेत्रमा घाइते भएकाहरुको उद्धार र सहयोगका लागि मास्क क्याजुअल्टी भेइकलसमेत परिचालन गरेको छ ।
त्यसैगरी रसुवाको टिमुरेमा प्राविधिक सशस्त्र प्रहरी निरीक्षक डा। सुरेन्द्र भट्टराई र प्राविधिक सशस्त्र प्रहरी निरीक्षक डा. अनिल जोशी खटिनुभएको छ । काठमाडौमा प्राविधिक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक डा. रोसु थापा फिल्ड इमर्जेन्सी म्यानेजमेन्ट र प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षक डा. आशिष थापा इमर्जेन्सी केस ह्याण्डलिङको लागि खटिदै आउनुभएको छ ।
साथै सशस्त्र प्रहरीको स्वास्थ्यकर्मी टोलीले काठमाडौ, रसुवा र नुवाकोटको विभिन्न ठाउँमा स्थापना गरिएका होल्डिङ सेन्टरमा रहेका बाढी पीडितहरुको समेत स्वास्थ्य परीक्षण गर्नुका साथै उनीहरुको स्वास्थ्यस्थितीबारे जानकारी लिंदै स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । बाढीमा परी घाइते भएकाहरूको उपचारको व्यवस्था मिलाउन नेपाल एपीएफ अस्पताल र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा रहेको ट्रमा सेन्टर समेत तयारी अवस्थामा राखिएको छ ।
त्यसैगरी बाढी प्रभावित जिल्लाका होल्डिङ सेन्टरमा बस्ने बाढी पीडितहरुको सहजता र सहयोगका लागि सशस्त्र प्रहरी कर्मचारीहरु क्याम्प कोअर्डिनेसन तथा क्याम्प व्यवस्थापन कार्यमा खटिदै आएका छन् ।
त्यस्तै बाढीमा परी मृत्यु भएकाको शव व्यवस्थापन कार्यमा समेत परिचालन भई सशस्त्र प्रहरीले सरोकावाला निकायसँग समन्वय गरी संयुक्त रुपमा सुरक्षित शव व्यवस्थापन गर्दै आइरहेको छ ।
बाढी प्रभावित क्षेत्रका विभिन्न ठाउँहरुमा खोज तथा उद्धारको लागि सशस्त्र प्रहरी बल नेपालले ४ हजार २ सयभन्दा बढी सशस्त्र प्रहरी कर्मचारीहरु परिचालन गरेको छ । सो टोलीले बाढीमा परेकाहरुको खोज तथा उद्धार, स्वास्थ्य सेवा, आपतकालिन औषधी उपचार, होल्डिङ सेन्टरको व्यवस्थापन तथा राहत सामग्री वितरण लगायतका कार्यमा समेत निरन्तर रुपमा खटिँदै आइरहेको सशस्त्र प्रहरीका डीआईजी नेत्रबहादुर कार्कीले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
काठमाडौँ। मनाङको गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका दुईजना जापानी पर्वतारोहीको शव भेटिएको छ। ङिस्याङ गाउँपालिका–६ स्थित सात हजार ४५५ मिटरको गङ्गापूर्ण हिमाल आरोहणका क्रममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend