माधव पौडेल
काठमाडौं । बाढी आएको आज ७ दिन भइसक्दा पनि बिदुरबाट माथि जान नसकेको सरकारका प्रधानमन्त्री दिनैपिच्छे फेसबुकमा स्टाटस पोष्ट गर्ने र मोनिटाइज्ड पेजबाट डलर कमाउनेमा सीमित छन् । बिदुरमा राहत थुपारिएको छ । तर बेत्रावतीपारी पुग्न सकेको छैन सरकार ।
बेत्रावतीपारी पुग्न नसकेको सरकार त्रिशुली र त्योभन्दा धेरै माथि टिमुरे पुग्ने त कुरै भएन । बाढीबाट अति प्रभावित टिमुरे, बेत्रावती, त्रिशुलीजस्ता ठाउँमा केन्द्र बनाएर हेलिकोप्टरबाट राहत र उद्दार गर्नुपर्नेमा बिदुरको मैथिल ब्यारेकमा राहत थुपारिएका गुनासा आएका छन् । वास्तविक बाढी प्रभावित नागरिकको चित्कार सरकारले नसुनेका आवाजहरु आए भने प्रधानमन्त्री र उनको पार्टी रास्वपाले सामाजिक संजालबाट भद्दा र हेर्न र पढ्न नसकिने गालीगलौज गर्छन् ।
सरकार सामाजिक संजालमा राहत र उद्दार गरिरहेको, वास्तविक रुपमा बाढीपीडितको उद्दारमा ग्राउन्डमा पुग्न नसकिरहेको अवस्था छ । एकद्वार प्रणाली भनेर प्रदेश र स्थानीय तहका जनप्रतिनिधि र अरु दलका कार्यकर्तालाई राहत बितरण गर्नबाट रोकिएको छ । तर सरकारका पूर्वाधार बिकास मन्त्री सुनिल लम्साल भने विपत्ति आउनासाथ स्थानीय तहका जनप्रतिनिधि, प्रदेश र प्रमुख जिल्ला अधिकारी अटोमेटिक रुपमा परिचालित हुनुपथ्र्यो, त्यस्तो हुन सकेन भन्दै दोष थोपर्न थालेका छन् ।
एकद्वार प्रणाली भन्दै सबै प्रधानमन्त्री कार्यालय र संघीय सरकारले गर्छ भनेर रोक्ने, निस्कन पनि नदिने, अनि बाढी प्रभावितको उद्दार र राहतको कार्यक्रम पूरै असफल भएपछि दोषजति स्थानीय र प्रदेश सरकारतिर थोपर्ने काम रास्वपाको सरकार र त्यसका नेता कार्यकर्ताबाट हुन थालेको छ ।
बिपत्ति आउनासाथ भदौ १० गते नै स्थानीय र प्रदेश सरकारलाई राहत र उद्दारमा परिचालित हुन दिएको भए धेरै हदसम्म अहिलेको भन्दा बढी काम हुने थियो ।
बाढीप्रभावित स्थानीय तहका जनप्रतिनिधिमध्ये कतिपयका आफन्त नै बाढीमा हराइरहेका होलान् । केन्द्र सरकारले रोक्दारोक्दै पनि स्थानीय तहका जनप्रतिनिधिले भोकनिद्रा नै नभनी उद्दार र राहतका लागि खटिरहेका बेला रास्वपाकी विवादित सांसद आशिका तामाङले अभद्र र अमर्यादित शैलीमा मुख छोडेर उल्टै निरुत्साहित पार्ने काम गरेको दृश्यसमेत देखियो ।
बागमती सरकारका मुख्यमन्त्री बाढी प्रभावितको उद्दार र राहतका लागि प्रधानमन्त्री वालेन्द्र शाहसँग भेट गर्न जाँदा घन्टौं कुराएर सल्लाहकारसँग भेट्नू भन्दै पन्छिन्छन् । र, सल्ल्लाहकार कुमार बेनकोमा गएर ४ घन्टा आराम गर्दछन् । बेत्रावती पारीदेखि टिमुरेसम्म सब कुहिएर काग र गिद्धले खाएको समाचार सुन्नुपरेको छ ।
बाढी प्रभावित क्षेत्रमा हराइरहेका आफन्त सरकारले एक सातासम्म सास र लास दिन सकेन भन्दै रोइरहेका छन् । ती रोइरहेका नागरिकको आँसुले समेत वालेन सरकारलाई छुन सकेको छैन, उल्टै ती रुने नागरिकलाई रास्वपाका नेता कार्यकर्ता गालीगलौज गर्न उद्यत देखिएका छन् ।
मृतकका सब आफन्तले पाउनुपर्ने धारणा राख्दा रास्वपा कार्यकर्ता प्रभा ज्ञवालीले तिनैका घरमा पठाइदे सरकार एक एक वटा सब गाड्न भनेर लेख्ने अमानवीय हर्कत देखाइरहेका छन् ।
काठमाडौं । भदौ १० गते तिब्बतको हिमताल फुटेर रसुवाको टिमुरेदेखि बेत्रावती, नुवाकोटको त्रिशुली र धादिङसम्म बिनाशकारी बाढीले तवाही मच्चायो । सयौं नागरिकको मृत्यु भइसकेको...
काठमाडौं । पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्थापना गरिएको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा साँढे ८ बर्षदेखि कार्यकारी निर्देशकको नियुक्ति हुनसकेको छैन । २०७३...
काठमाडौं । सेन्चुरी विकास बैैंकबाट आएका केही विवादित कर्मचारीका कारण प्रभु बैंक झन् झन् अधोगतितर्फ उन्मुख भइरहेको छ । सेन्चुरीबाट आएका शंकर केसीलाई बैंकको प्रोजेक्ट...
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह सुशासनको कुरा त गर्छन्, तर उनकै कार्यालयको मातहतमा राखिएको गुप्तचरका हाकिम सूचनाको संकलन र सम्भावित घटना विश्लेषण गर्नुको सट्टा...
अनुसा थापा प्रधानमन्त्री देशको अभिभावक हुन् । आफ्ना नागरिकलाई प्रधानमन्त्रीले समान व्यवहार गर्नुपर्छ । तर, प्रधानमन्त्री बालेन्द्र साहका केही व्यवहारले गम्भीर प्रश्न उठाएको छ ।...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend