काठमाडौं । बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण मृत्यु हुनेको संख्या १६२ पुगेको छ ।
नेपाल प्रहरीले बिहीबार बिहान ५ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार बाढीमा परी विभिन्न जिल्लामा १६२ जनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार बाढीपछि चितवनमा सबैभन्दा धेरै ६४ जनाको शव फेला परेको छ। त्यस्तै, नवलपरासी पूर्वमा २६, धादिङमा २०, गोरखामा २०, नुवाकोटमा १२, तनहुँमा नौ, रसुवामा दुई र नवलपरासी पश्चिममा दुई जनाको शव फेला परेको छ ।
बाढीमा परी ४१ जना घाइते भएका छन्। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
भोटेकोशी नदीमा आएको बाढी त्रिशूली हुँदै नारायणी नदीसम्म फैलिँदा नदी आसपासका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढीका कारण अझै केही व्यक्ति बेपत्ता रहेको र प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
बाढीपछि नदीमा बगेका तथा बेपत्ता भएका व्यक्तिको खोजीका लागि नेपाल प्रहरीसहित सुरक्षा निकायका टोली परिचालन भएका छन्। सम्भावित क्षेत्रमा खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै बेपत्ताको खोजी, घाइतेको उपचार तथा विस्थापितको व्यवस्थापनलाई प्राथमिकता दिइएको छ ।
काठमाडौं । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन्...
चितवन । विपदमा परेका नेपालीको पीडामा साथ दिँदै आएका चितवनका आकाश बन्जाराले भोटेकोशी बाढीपीडितका लागि सरकारको राहत कोषमा १ लाख ११ हजार १११ रुपैयाँ...
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा पुनः बाढीको जोखिम देखिएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी किनारमा रहेका तथा उद्धार र राहतमा खटिएका...
नुवाकोट । नुवाकोटमा प्रहरीले नदी किनार तथा आसपासका क्षेत्रमा नजान सर्वसाधारणलाई आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले...
काठमाडौँ । चीनतर्फ छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम क्षेत्रमा थुनिएको ताल फुटेको सूचना प्राप्त भएपछि रसुवा प्रशासनले नदी तटीय क्षेत्रका नागरिकलाई सुरक्षित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend