काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज एकैपटक १६५ सडकको शिलान्यास गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले देशभरका एक सय ६५ सडक सञ्जालबारे बनाइएको श्रव्यदृश्य सामग्रीको स्विच थिचेर सबै सडकको शिलान्यास गरेका हुन् ।
शुभारम्भमा बोल्दै प्रधानमन्त्री ओलीले देशभरिका अखवारहरुको खबरलाई स्मरण गर्दै आफ्नो राजीनामा माग्नेहरुलाई समर्थन फिर्ता लिन चुनौती दिएका छन् ।
प्रधानमन्त्री ओलीले भने, ‘काठमाडौंका राष्ट्रिय अखबारले काठमाडौंमा मेलम्चीको पानी आएको समाचारलाई प्रथामिकत नदिएको र प्रधानमन्त्री को राजीनामा मागिएको बिषयलाई हेडलाइन बनाएकोमा आपत्ति जनाए ।
‘राजीनामा त माग्या माग्यै छन् त, मागेपिच्छे कसरी राजीनामा दिन सक्छु ? माग्या छ माग्या छ, ए बाबा हटाउ न त, समर्थन फिर्ता लिइदेउ भन्छु, लिँदैनन्।’ समर्थन फिर्त गरे राजीनामा दिने प्रधानमन्त्री ओलीको भनाइ छ।
आफ्नो सरकारलाई तानाशाही भनेकोमा आस्चर्य प्रकट गर्दै प्रधानमन्त्री ओलीले त्यस्ता भ्रामक कुराको पछाडी नलाग्न नेपाली जनतालाई आग्रह समेत गरे। आफ्नो पालामा विकासले गति लिएको भन्दै आगामी दिनमा अझै धेरै प्रगति गर्ने र विकास हुने उनको भनाइ छ।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । आज सोमवार...
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आज संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१ औँ सम्मेलन (कोप–३१) को उदघाटन सत्रलाई सम्बोधन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन जनकपुरधामको गंगा सागर जाने भएका छन् । तिहार, नेपाल संवत् तथा छठ...
विराटनगर । आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर आफूखुसी उम्मेदवारी घोषणा गर्ने क्रम बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई कार्यकर्ता व्यवस्थापनमा सकस परेको छ। स्थानीय तहको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend