काठमाडौं । रसुवा बाढीमा परेकाहरुको उद्धारको लागि रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्लास्थित सशस्त्र प्रहरी बल नेपालका युनिटहरुबाट उद्धारका सामग्रीसहित सशस्त्र प्रहरी कर्मचारीहरु परिचालन भएका छन् ।
सो क्षेत्रमा तयारी अवस्थामा राखिएका आपतकालिन राहत तथा उद्धार सामग्रीसहितको Disaster Relief System (DRS) कन्टेनरहरू बाढी प्रभावित क्षेत्रहरुमा तत्काल र्पुयाउने कार्य समेत भइरहेको छ । साथै अन्य क्षेत्रमा रहेका DRS) न्टेनरहरू समेत बाढी प्रभावित क्षेत्रतर्फ केन्द्रित गरी परिचालन गरिएको छ ।
बाढीमा परी घाइते भएकाहरूका लागि तत्काल प्राथमिक उपचारको व्यवस्था मिलाउन Mass Casualty Vehicles (MCV)सहितको चिकित्सा तथा उद्धार टोलीलाई बाढी प्रभावित क्षेत्रमा परिचालन गरिएको छ ।
नदी किनारा तथा जोखिमयुक्त स्थानहरुका बस्तीमा सशस्त्र प्रहरीले गाडी तथा गस्ती टोलीमार्फत् साइरन बजाई तथा माईकिङ गरी तत्काल सुरक्षित स्थानमा स्थानान्तरण हुन समेत भनिएको छ । त्यस्तै बाढीमा परेकाहरुको तत्काल उपचारको लागि नेपाल एपीएफ अस्पतालमा वेडहरु समेत खोली राखिएको छ ।
आपतकालीन उद्धारका लागि परिचालन भएका नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टरहरुको सुरक्षित उडान तथा अवतरणको लागि ल्याण्डिङ जोनहरु तयार गरिएको छ ।
त्यस्तै रसुवागढी भन्सार तथा यार्ड प्रभावित क्षेत्रमा पुरिएका व्यक्तिहरुको खोजीकार्यका लागि सशस्त्र प्रहरी बल नेपालको K9 K9 Sniffer Dogs सहितको टोली खोजी तथा उद्धारका लागि परिचालन भएको छ ।
त्यस्तै नदी किनारा तथा बाढी प्रभावित क्षेत्रहरुमा हराईरहेका नागरिकहरुको लोकेशन पत्ता लगाउन तथा क्षति मूल्यांकन गर्न सशस्त्र प्रहरीले ड्रोन परिचालन गरेको छ । विस्थापित शिविरहरुमा हैजा तथा पानीजन्य रोग फैलन नदिन सशस्त्र प्रहरी बल नेपालले आपतकालीन खानेपानी शुद्धीकरण र औषधि वितरण कार्य शुरु गरेको छ ।
भोटेकोशी तथा त्रिशुली नदीको माथिल्लो तटीय क्षेत्रमा थुनिएको हिमपहिरो एक्कासी खुल्नसक्ने वा थप बाढी जोखिमबारे पूर्वसूचना प्राप्त गर्न र क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायहरुसँग सशस्त्र प्रहरीले निरन्तर समन्वय तथा संवाद र सूचना आदान–प्रदान गरिरहेको छ ।
काठमाडौँ। मनाङको गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका दुईजना जापानी पर्वतारोहीको शव भेटिएको छ। ङिस्याङ गाउँपालिका–६ स्थित सात हजार ४५५ मिटरको गङ्गापूर्ण हिमाल आरोहणका क्रममा...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। बङ्गालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली चक्रवात आँधी) परिणत भई त्यसको प्रभाव नेपालमा पनि पर्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend