Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीको कारबाही निरंकुशताकाे द्योतक: नेपाल समूह


    शुक्रबार, चैत्र २० २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आज दिउँसो कलंकीस्थित एक पार्टी प्यालेसमा बसिरहेको नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको बैठकले ओलीको कारबाही निरंकुशताकाे द्योतक भएकाे बताएकाे छ ।

    बैठकमा ओली अरुमाथि तानाशाही लाद्ने, निरंकुश, स्वेच्छाचारी चरित्रको द्योतक हो भन्दै उपमहासचिव घनश्याम भुसाल र नेता सुरेन्द्र पाण्डेमाथि भएको कारबाहीको विरोध भएकाे स्रोतले बताएकाे छ ।

    अध्यक्ष ओलीले बिहीबार नेता सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पार्टी सदस्यबाट ६ महिनासम्म निलम्बन गर्ने निर्णय गरेका थिए भने यसअघि उनले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पनि यही कारबाही गरेका थिए ।

    नेताहरुमाथि भएको कारबाहीले पार्टीको विधान मिच्नुका साथै कम्युनिष्ट आन्दोलनलई नै लज्जित बनाएको बताउँदै  नेता रावलले भने नेकपा एमालेको रक्षाका लागि हामीले जुन पाइला चालेका छौं, त्यसलाई अझ गतिशीलताका साथ अगाडि बढाउँछौं ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार