Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज दिउँसो नेपाली काँग्रेसकाे केन्द्रीय कार्यसमिति बैठक बस्दै


    शुक्रबार, चैत्र २० २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । आज शुक्रबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा नेपाली काँग्रेसकाे केन्द्रीय कार्यसमिति बैठक बस्ने भएकाे छ ।

    बैठकमा क्रियाशील छानविन समिति र अन्तरपार्टी समायोजन समितिले प्रतिवेदन पेस गर्ने एजेण्डाका साथै छानबिन समितिले क्रियाशील सदस्यतासम्बन्धी महाधिवेशन कार्यतालिका हेरफेर कार्याकक्रम गर्ने रहेको स्रोतले जानकारी दिएको छ ।

    स्रोतले बताए अनुसार संसद पुनःस्थापनापछिको राष्ट्रिय राजनीतिबारे नेताहरुले बैठक माग गर्दै आए पनि बैठक बस्न सकेकाे थिएन । काँग्रेसमा वैकल्पिक सरकार निर्माणका विषयमा संस्थागत निर्णय लिन दबाब छ ।

    तर ओली सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता नलिएका र जसपाको एउटा पक्ष ओलीसँग छलफलमा रहेकाले नयाँ सरकार निर्माणका लागि परिपक्व परिस्थिति बनिनसकेको बताउँदै काँग्रेसले संस्थागत निर्णय लिएर जाँदा उनीहरुमाथि पनि वैकल्पिक सरकार निर्माणका विषयमा दबाब सिर्जना हुने भन्दै बैठकबाट निर्णय लिनुपर्ने देउवाकाे भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार