काठमाडौँ। बिहीबार सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता बदरको आदेश पुनरावलोकन नगर्ने भएसँगै अदालतमा पुनरावलोकनको माग गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पुन: नेकपा एकता गर्ने अन्तिम प्रयास सधैका लागि बन्द भएको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा न्यायाधीशहरू तेजबहादुर केसी र प्रकाशकुमार ढुंगाना समेतको पूर्ण इजलासले माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले गत मंगलबार दिएको निवेदनमा पुनरावलोकन नगर्ने आदेश दिए सँगै प्रचण्डको अन्तिम प्रयास असफल भएको हो।
वर्तमान समयमा अदालतमा एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच को भन्दा को कम भने झैँ सर्वोच्चले कहिले प्रचण्ड अनुकुल त कहिले ओली अनुकुल निर्णय गरेको देखिन्छ।
यसैबीच, मुलुकको राजनीतिक अवस्था र दलका गतिबिधिलाई नजिकबाट नियालीरहेका बरिष्ठ लेखक खगेन्द्र संग्रौलाले यसबारे टिप्पणी गरेका छन् ।
मुलुकको पछिल्लो अबस्थालाई लिएर दलका नेताहरु माथि कटाक्ष प्रकट गर्दै आइरहेका संग्रौलाले कहिले प्रधानमन्त्रीलाइ शौचालय उद्घाटनको निम्ता दिए त कहिले प्रचण्डलाई हारेको जुवाडेको संज्ञा।
लेखक संग्रौलाले सामाजिक सञ्जालमार्फत् हिजो फेरि अनौठो टिप्पणी गर्दै प्रधानमन्त्री ओलीसँग निहुँ खोज्दा आज प्रचण्डले हारको सामना गर्नुपरेको उल्लेख गरेका छन्।
उनले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको फैसलाले ठाडो शिक्षा दिएको भन्दै जसले जगत्गुरु ओलीसँग जोरी खोज्छ, त्यसको हबिगत प्रचण्डको जस्तो हुन्छ । नपत्याए हेर !भन्दै उल्लेख गरेका छन्।
उनले लेखेका छन्, ‘सर्वाेच्चका महामहिम चाेलेकाे फैसलाकाे ठाडाे शिक्षा- जसले जगद्गुरू खड्गप्रसाद शर्मा ओलीसँग जाेरी खाेज्छ,त्यसकाे हबिगत पुष्पकमल दाहाल प्रचण्डकाे जस्ताे हुन्छ।नपत्याए हेर!’

बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend