काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको हिन्दू हुँ भन्ने अभिब्यक्तिको राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) की नेतृ खुस्बु ओलीले स्वागत गरेकी छन् ।
देउवाको अभिव्यक्तिले नेपालका ८१ प्रतिशत हिन्दू तथा समग्र सनातनी परिवारमा नयाँ आशा र विश्वास जगाएको ओलीले बताएकी छन् । नेपालको मौलिक सभ्यता, संस्कृति, परम्परा र सनातन पहिचानलाई सम्मान गर्ने आवाज जहाँबाट आए पनि त्यसको स्वागत हुनुपर्ने ओलीको मत छ ।
सांसद ओलीले सामाजिक संजालमा लेखेकी छन्–‘नेपाली कांग्रेसका शीर्ष नेता एवं पूर्वप्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूले आफू हिन्दू धर्मावलम्बी भएको र सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा स्वीकार गर्ने अधिवेशनको निर्णय र उहाँको व्यक्तिगत अभिव्यक्तिले गम्भीर राजनीतिक अर्थ बोकेको छ । उहाँको उक्त अभिव्यक्तिले नेपालका ८१ प्रतिशत हिन्दू तथा समग्र सनातनी परिवारमा नयाँ आशा र विश्वास जगाएको छ । नेपालको मौलिक सभ्यता, संस्कृति, परम्परा र सनातन पहिचानलाई सम्मान गर्ने आवाज जहाँबाट आए पनि त्यसको स्वागत हुनुपर्छ ।
नेपाललाई कुनै स्पष्ट जनभावना र राष्ट्रिय बहसविना धर्मनिरपेक्ष बनाइएको विषयमा आज पनि गम्भीर प्रश्नहरू उठिरहेका छन् । अब समय आएको छ ः देशको पहिचान, जनभावना र ऐतिहासिक निरन्तरतामाथि खुलेर राष्ट्रिय बहस गर्ने ।
देउवाज्यूको उक्त अभिव्यक्ति व्यक्तिगत आस्थाको मात्र अभिव्यक्ति नबनोस् । यसले नेपालको मौलिक पहिचान र सनातन सभ्यताको सम्मानतर्फ राष्ट्रिय राजनीतिको ‘कोर्ष करेक्सन’ को बाटो खोलोस् । किनभने, आस्था व्यक्तिगत हुनसक्छ, तर राष्ट्रिय पहिचान साझा हुनुपर्छ । नेपालको सनातन पहिचानमाथि अब इमानदार राष्ट्रिय बहस हुनैपर्छ ।’
काठमाडौं । नेकपा(एमाले) की नेतृ उषाकिरण तिम्सिनाले सबै धर्म राज्यका दृष्टिमा बराबर हुने ब्यवस्था संविधानमा भए पनि पाँच पटक प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवाले आज...
काठमाडौं । देशलाई संकटबाट जोगाउन ‘फेक शासनविरुद्ध निर्णायक आन्दोलन’ आवश्यक रहेको निष्कर्षसहित आइतबार राजधानीको संवाद डबलीमा जेनजी अगुवाहरूले काठमाडौंमा पत्रकार सम्मेलन गरी जेनजी आन्दोलनलाई...
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्ला तीन दिनमा आफूले सबैभन्दा बढी गाली खाएको बताएका छन्। आइतवार धर्म गौतमद्वारा प्रकाशित पुस्तक विमोचन कार्यक्रममा उनले आफूले...
काठमाडौँ। भारतीय स्थलसेनाध्यक्ष जनरल धिरज सेठ चार दिने औपचारिक भ्रमणका लागि आइतबार काठमाडौँ आइपुगेका छन्। प्रधान सेनापति अशोकराज सिग्देलको निमन्त्रणामा नेपाल आएका सेठले भ्रमण अवधिमा...
काठमाडौँ । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले गत २१ फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा कसरी पराजित भए भनेर कम्युनिष्ट दलहरूले अहिलेसम्म पत्तो पाउन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend