Nepal Face
  • सोमबार, २५ साउन २०८३
  • स्वास्थ्य मन्त्रालयका शाखा अधिकृत र उपसचिवको सरुवा, को कहाँ पुगे ?


    सोमबार, साउन २५ २०८३
    2.8K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले २ उपसचिव र १० शाखा अधिकृतहरुलाई जिम्मेवारी हेरफेर गरेको छ ।

    मन्त्रालयमा पदस्थापना भएका धनेश्वर पौडेललाई नीति योजना तथा बजेट शाखाको प्रमुखको जिम्मेवारी दिइएको छ ।

    प्रशासन तथा मानव संशाधन ब्यवस्थापन शाखा प्रमुखमा उपसचिव गणेश कटुवाललाई जिम्मेवारी दिइएको छ ।

    शाखा अधिकृतहरु कौशल पाण्डेलाई आयुर्वेद चिकित्सालय नरदेवी, विनोद सापकोटा मन्त्रालय, महेशबिक्रम लागेजु प्रशासन तथा मानव संशाधन ब्यवस्थापन शाखामा खटाइएका छन् ।

    त्यसैगरी दशौं तहका बरिष्ठ जनस्वास्थ्य प्रशासकद्वय दयाकृष्ण पन्त र चेतननिधि वाग्लेलाई स्वास्थ्य सेवा बिभाग टेकू र राष्ट्रिय स्वाथ्य तालिम तालिम केन्द्र टेकूमा सरुवा गरिएको छ ।

    नवौं तहका औषधि ब्यवस्थापकद्वय शम्भु शाह र किरणसुन्दर बज्राचार्यलाई औषधि ब्यवस्था बिभागमा सरुवा गरिएको छ । औषधि ब्यवस्थापक संगीता शाहलाई औषधि ब्यवस्था बिभाग शाखा कार्यालय बीरगञ्जमा खटाइएको छ ।

    त्यसैगरी, नवौं तहका कन्सलटेन्स चेष्ट डिजिज फिजिसियन डा. बुद्धिसागर लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र नवौं तहका कन्सलटेन्ट रेडियोलोजिष्ट डा. दिवस सापकोटालाई नारायणी अस्पताल पर्सामा सरुवा गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार