काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु नै वर्तमान समयको सबैभन्दा ठूलो उपलब्धि हुने बताएका छन् ।
आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा मुलुकको वर्तमान अवस्था र सुशासनका सम्बन्धमा आफ्नो धारणा राख्दै सभापति ढकालले देश एकै पटक समृद्ध नहुने र सुशासन पनि रातारात नआउने जिकिर गरे । उनले अहिलेको आवश्यकता एक अर्कालाई दोषारोपण गर्नुभन्दा पनि नागरिकमा आशा र विश्वास जगाउने खालका बहस पैरवी गर्नु रहेको बताए ।
विगतमा आफूहरूले उठाएका प्रश्न र अहिले जिम्मेवारीमा पुग्दा भोग्नुपरेका व्यवहारिक कठिनाइलाई स्वीकार गर्दै उनले सकारात्मक परिवर्तनका लागि सबैको सामूहिक प्रयास र विश्वास आवश्यक रहेकोमा जोड दिए । उनले प्रधानमन्त्री बालेन्द्र साहप्रति लक्षित गर्दै प्रधानमन्त्री एक्लै नरहेको र यो कार्यकालमा सबैभन्दा ठूलो विश्वास जनतामा पैदा हुने किसिमको बनाउनुपर्ने बताए ।
उनले भने, ‘प्रधानमन्त्रीज्यूले हिजो एक्लै भन्नुभएको छ क्यारे, एक्लै होइन, हामी हाम्रो यो हाम्रो कार्यकाल हाम्रो कार्यकालमा सबैभन्दा ठूलो चिज विश्वास जगाउनु पर्नेछ । एकैचोटी धनी भइँदैन । एकैचोटी देश धनी बन्दैन। एकैचोटी सुशासन आउँदैन । साउन सकिएर बर्सात सकिसके पछाडि त्यो कोसी गण्डकी कर्णाली सङ्लो हुनलाई असोज अन्तिम पुग्न पर्छ । बर्सात साउनमा सकियो साउनमा सकिएको बर्सात भदौमा सकिएको वर्षातलाई त्यो नदी सङ्लो हुन त कार्तिक कुर्नपर्छ असोज अन्तिम नै कुर्नपर्छ नि त । शुद्धाशुद्धि मिलाउ र छाटो बनाउ ।बर्सात सकिने बित्तिकै नदीहरू तत्कालै सङ्लो हुँदैनन् । साउन–भदौमा वर्षा सकिए पनि कोशी, गण्डकी र कर्णाली जस्ता ठूला नदीहरू सङ्लो हुन असोज अन्तिम वा कात्तिक नै कुर्नुपर्छ । देशको सुशासन र समृद्धिको यात्रा पनि यस्तै धैर्यताको माग गर्ने विषय हो । त्यो बाटो हिँड्दा ग्यासको लाइन देख्दा मलाई निकै पोल्छ । लामो समयदेखिको त्यो समस्या समाधान गर्न नसकेको यथार्थलाई हामीले स्वीकार गर्नुपर्छ । कतिपय ठाउँमा काम गर्न नसकिएको विषय लुकाउनु हुँदैन ।’
सभापति ढकालले नागरिकले दैनिक उपभोग्य वस्तुका लागि भोग्नुपरिरहेको सास्तीप्रति आफू संवेदनशील रहेको उल्लेख गरे। अहिलेको कार्यकालमा सरकार र सदन दुवैले नागरिकको भरोसा जित्ने गरी काम गर्नुपर्ने उनको भनाइ छ । उनले विगतका सबै काम नराम्रा मात्र नभएको उल्लेख गर्दै राम्रा कामलाई निरन्तरता दिँदै कमीकमजोरी सुधार्नुपर्ने आवश्यकता रहेको बताए ।
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend