काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु नै वर्तमान समयको सबैभन्दा ठूलो उपलब्धि हुने बताएका छन् ।
आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा मुलुकको वर्तमान अवस्था र सुशासनका सम्बन्धमा आफ्नो धारणा राख्दै सभापति ढकालले देश एकै पटक समृद्ध नहुने र सुशासन पनि रातारात नआउने जिकिर गरे । उनले अहिलेको आवश्यकता एक अर्कालाई दोषारोपण गर्नुभन्दा पनि नागरिकमा आशा र विश्वास जगाउने खालका बहस पैरवी गर्नु रहेको बताए ।
विगतमा आफूहरूले उठाएका प्रश्न र अहिले जिम्मेवारीमा पुग्दा भोग्नुपरेका व्यवहारिक कठिनाइलाई स्वीकार गर्दै उनले सकारात्मक परिवर्तनका लागि सबैको सामूहिक प्रयास र विश्वास आवश्यक रहेकोमा जोड दिए । उनले प्रधानमन्त्री बालेन्द्र साहप्रति लक्षित गर्दै प्रधानमन्त्री एक्लै नरहेको र यो कार्यकालमा सबैभन्दा ठूलो विश्वास जनतामा पैदा हुने किसिमको बनाउनुपर्ने बताए ।
उनले भने, ‘प्रधानमन्त्रीज्यूले हिजो एक्लै भन्नुभएको छ क्यारे, एक्लै होइन, हामी हाम्रो यो हाम्रो कार्यकाल हाम्रो कार्यकालमा सबैभन्दा ठूलो चिज विश्वास जगाउनु पर्नेछ । एकैचोटी धनी भइँदैन । एकैचोटी देश धनी बन्दैन। एकैचोटी सुशासन आउँदैन । साउन सकिएर बर्सात सकिसके पछाडि त्यो कोसी गण्डकी कर्णाली सङ्लो हुनलाई असोज अन्तिम पुग्न पर्छ । बर्सात साउनमा सकियो साउनमा सकिएको बर्सात भदौमा सकिएको वर्षातलाई त्यो नदी सङ्लो हुन त कार्तिक कुर्नपर्छ असोज अन्तिम नै कुर्नपर्छ नि त । शुद्धाशुद्धि मिलाउ र छाटो बनाउ ।बर्सात सकिने बित्तिकै नदीहरू तत्कालै सङ्लो हुँदैनन् । साउन–भदौमा वर्षा सकिए पनि कोशी, गण्डकी र कर्णाली जस्ता ठूला नदीहरू सङ्लो हुन असोज अन्तिम वा कात्तिक नै कुर्नुपर्छ । देशको सुशासन र समृद्धिको यात्रा पनि यस्तै धैर्यताको माग गर्ने विषय हो । त्यो बाटो हिँड्दा ग्यासको लाइन देख्दा मलाई निकै पोल्छ । लामो समयदेखिको त्यो समस्या समाधान गर्न नसकेको यथार्थलाई हामीले स्वीकार गर्नुपर्छ । कतिपय ठाउँमा काम गर्न नसकिएको विषय लुकाउनु हुँदैन ।’
सभापति ढकालले नागरिकले दैनिक उपभोग्य वस्तुका लागि भोग्नुपरिरहेको सास्तीप्रति आफू संवेदनशील रहेको उल्लेख गरे। अहिलेको कार्यकालमा सरकार र सदन दुवैले नागरिकको भरोसा जित्ने गरी काम गर्नुपर्ने उनको भनाइ छ । उनले विगतका सबै काम नराम्रा मात्र नभएको उल्लेख गर्दै राम्रा कामलाई निरन्तरता दिँदै कमीकमजोरी सुधार्नुपर्ने आवश्यकता रहेको बताए ।
काठमाडौं । किशोरीको डिम्ब तस्करी प्रकरणमा जोडिएकी वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ तथा आईभीएफ (इन भिट्रो फर्टिलाइजेसन) डा. नुतन शर्माको प्रहरीले बयान लिएको छ...
काठमाडौँ। प्रतिनिधि सभाको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले ट्राफिक व्यवस्थापनमा संस्थागत सुधारसँगै प्रहरी कर्मचारीको आचरण र कार्यसम्पादनमा पनि कडाइ आवश्यक रहेको बताएका छन्। आइतबार...
बुटवल । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा कांग्रेस नेता किरण सिंह मृत फेला परेका छन् । तीन दिनदेखि हराइरहेका सिंहको शव जिल्लाको गोरुसिंगे जंगलमा आइतबार फेला...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको संविधानले विविधतामा एकतालाई आत्मसात् गर्दै सबै समुदायको हक र हितलाई सुनिश्चित गरेको बताएका छन् । बत्तिसौँ विश्व आदिवासी दिवसका...
काठमाडौँ। नेपाली बजारमा पहेलो धातु सुनको भाउ फेरि आकाशिएको छ। आज सुनको भाउ तोलामा ४ हजार ८ सय रुपैयाँ बढेर ३ लाख १ हजार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend