Nepal Face
  • शनिबार, २३ साउन २०८३
  • कोइराला निवास मर्मतका लागि सरकारले दिएको २ करोड शेखरले गरे फिर्ता


    शुक्रबार, साउन २२ २०८३
    185
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको जन्मघर मर्मतका लागि भनी सरकारले दिएको २ करोड रुपैयाँ बजेट अस्वीकार गरेका छन्।

    सर्वप्रथम वर्तमान सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत विराटनगर महानगरपालिका-७, कोसी अस्पताल चोक, मोरङ (कोइराला निवास) को मर्मत तथा सम्भारका लागि आव २०८३र८४ को बेजटमा रु २ करोड विनियोजन गरेकामा सरकारप्रति आभार प्रकट गर्दै शेखरले फिर्ता गरेका हुन्।

    विज्ञप्तिमा उनले लेखेका छन्, ‘राज्यसामु आम नागरिक जो वञ्चना, अभाव र अनेकन् कष्टमा छन्, त्यस्ता नागरिकको उत्थानको लागि उपलब्ध सीमित स्रोत र साधनको उपयोग होस् भन्दै विनम्रतापूर्वक, विराटनगर महानगरपालिका-७, कोसी अस्पताल चोक, मोरङस्थित (कोइराला निवास) को मर्मत तथा सम्भार भनी विनियोजन गरिएको उक्त रकम नैतिक रूपमा स्वीकार गर्न असमर्थ छु।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार