काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभाका यतिका बैठक हुँदा पनि संसदमा नआउनुको कारण सुरक्षा खतरा कि नैतिक खतरा भनि प्रश्न गरेकाे छ ।
केही समयअगाडि प्रधानमन्त्री ओलीले आफूमाथि गम्भीर सुरक्षा खतरा रहेको र कुनै पनि बेला भौतिक आक्रमण हुन सक्ने अभिव्यक्ति दिएको भन्दै कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले यसबारे गृहमन्त्री वा सरकारका प्रवक्ताले संसदमा जानकारी गराउनुपर्ने माग गर्दै यसाे भनेका हुन् ।
ओलीले केही समयअगाडि आफूमाथि गम्भीर सुरक्षा खतरा रहेको र कुनै पनि बखत आफूमाथि भौतिक आक्रमण हुन सक्ने आसयको सार्वजनिक अभिव्यक्ति दिनुभएको थियो। यसमा सत्यता कति छ? यथार्थ के हो? उहाँको सुरक्षामा गृह मन्त्रालयले अहिले के के थप व्यवस्था गरेको छ?’ भन्ने प्रश्न गर्दै बडुले यसबारे यथाशीघ्र प्रधानमन्त्री वा गृहमन्त्री तथा सरकारका प्रवक्ताले संसदमा स्पष्टीकरण दिनुपर्ने माग गरेका छन् ।
सुरक्षा खतरा छैन भने नेपालको सुरक्षा व्यवस्था र क्षमतामाथि प्रश्न उठ्ने गरी बनावटी अभिव्यक्ति किन प्रधानमन्त्रीले दिएको भन्ने उनको प्रश्न छ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend