Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • जस कसले लिने भन्ने कुरा ठूलो हाेइन पानी आउनु ठूलो कुरा हाे : सांसद केसी


    बुधबार, चैत्र १८ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद राजेन्द्रकुमार केसीले मेलम्चीको पानी काठमाडौं ल्याएको जस कसले लिने भन्ने कुरा ठूलो नभइ पानी आउनु ठूलो कुरा भएकाे बताएका छन् ।

    प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै नेता केसीले मेलम्चीको पानी काठमाडौं ल्याएको जस अहिलेको सरकारले मात्र लिन नमिल्ने बताउँदै यसाे भनेका हुन् ।

    उनले मेलम्चीको पानी काठमाडौं ल्याउने सपना ३० वर्षअघि नै कांग्रेसका तत्कालिन नेता कृष्णप्रसाद भट्टराईले देखेकाले यसकाे जस अहिलेको सरकारले मात्र लिन नमिल्ने बताएका हुन् ।

    ३० वर्षयता भएको कामका कारणले नै अहिले मेलम्चीको पानी काठमाडौं आइपुगेको बताउँदै केसीले भने यो सबैका लागि खुशीको कुरा हो । उनले भने जस कसले लिने भन्दा पनि काठमाडौंमा पानी आउनु ठूलो कुरा हाे । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार