काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा। अमेरशकुमार सिंहले मधेसमा कुनै घटना घटनासाथ किन गोली चल्छ? भन्दै राज्यसँग प्रश्न गरेका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले यस्तो प्रश्न गरेका हुन्। उनले मधेस प्रदेशमा साम्प्रदायिक तनाव, थारुहट आन्दोलन तथा मधेस आन्दोलनको समयमा समेत कुनै घटना घटनासाथ सिधै गोली चल्ने गरेको उल्लेख गर्दै प्रहरीको लागि लाठी र अश्रुग्यासको व्यवस्था किन गरिँदैन? भन्दै प्रश्न गरे।
उनले आन्दोलन तथा दंगा नियन्त्रणमा कस्तो सुरक्षा व्यवस्था गर्ने भन्ने विषयमा सुरक्षा निकायलाई उचित तालिमको व्यवस्था गर्न समेत सरकारसँग माग गरे।
सांसद सिंहले भने, ‘म २०६३ देखि सांसद छु। मेरो प्रश्न राज्यसँग छ, मधेसमा साम्प्रदायिक, थारुहट तथा मधेश आन्दोलन हुन्छ, त्यहाँ गोलीमात्र किन चल्छरु त्यहाँ लाठी र टियर ग्यास किन चल्दैनरु नेपालबाहेक दुनियाँमा कुनैपनि देशमा पुलिसलाई एसएलआर दिइँदैन, नेपालमा मात्र दिइन्छ। या त प्रहरीलाई टे«निङ पुगेन या सुरक्षा निकायको मनोविज्ञान नै यस्तै हो कि जाने बित्तिकै गोली ठोक्छ।’
सिंहले प्रहरीको लागि लाठी र अश्रुग्यासको व्यवस्था गर्न समेत सरकारलाई आग्रह गरे।
उनले मुलुकमा सामाजिक सद्भाव कायम गर्न समेत सबैमा अपिल गरे। अहिलेको आवश्यकता समूदाय समूदाय एकआपसमा लड्ने नभई मुलुकमा विद्यमान गरिबीसँग लड्ने रहेको उनको भनाई थियो।
सांसद सिंहले भने, ‘म यो सदनमार्फत सबैलाई अपिल गर्न चाहन्छु, अहिले हाम्रो आवश्यकता सामाजिक सद्भाव कायम गर्ने र गरिबीसँग लड्ने हो। पछौटापनसँग लड्ने हो, असमानतासँग लड्ने हो। समूदाय समूदायबीच लड्ने समय होइन।’
उनले अगामी दिनमा धार्मिक तथा साम्प्रदायिक दंगा हुन नदिने कुरामा राज्य सचेत हुनुपर्नेमा समेत जोड दिए।
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend