Nepal Face
  • मंगलबार, १९ साउन २०८३
  • सरकालाई अमरेश सिंहको प्रश्न: मधेसमा आन्दोलन भयो कि सिधै गोली किन चल्छ ?


    मंगलबार, साउन १९ २०८३
    105
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा। अमेरशकुमार सिंहले मधेसमा कुनै घटना घटनासाथ किन गोली चल्छ? भन्दै राज्यसँग प्रश्न गरेका छन्।

    प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले यस्तो प्रश्न गरेका हुन्। उनले मधेस प्रदेशमा साम्प्रदायिक तनाव, थारुहट आन्दोलन तथा मधेस आन्दोलनको समयमा समेत कुनै घटना घटनासाथ सिधै गोली चल्ने गरेको उल्लेख गर्दै प्रहरीको लागि लाठी र अश्रुग्यासको व्यवस्था किन गरिँदैन? भन्दै प्रश्न गरे।

    उनले आन्दोलन तथा दंगा नियन्त्रणमा कस्तो सुरक्षा व्यवस्था गर्ने भन्ने विषयमा सुरक्षा निकायलाई उचित तालिमको व्यवस्था गर्न समेत सरकारसँग माग गरे।

    सांसद सिंहले भने, ‘म २०६३ देखि सांसद छु। मेरो प्रश्न राज्यसँग छ, मधेसमा साम्प्रदायिक, थारुहट तथा मधेश आन्दोलन हुन्छ, त्यहाँ गोलीमात्र किन चल्छरु त्यहाँ लाठी र टियर ग्यास किन चल्दैनरु नेपालबाहेक दुनियाँमा कुनैपनि देशमा पुलिसलाई एसएलआर दिइँदैन, नेपालमा मात्र दिइन्छ। या त प्रहरीलाई टे«निङ पुगेन या सुरक्षा निकायको मनोविज्ञान नै यस्तै हो कि जाने बित्तिकै गोली ठोक्छ।’

    सिंहले प्रहरीको लागि लाठी र अश्रुग्यासको व्यवस्था गर्न समेत सरकारलाई आग्रह गरे।

    उनले मुलुकमा सामाजिक सद्भाव कायम गर्न समेत सबैमा अपिल गरे। अहिलेको आवश्यकता समूदाय समूदाय एकआपसमा लड्ने नभई मुलुकमा विद्यमान गरिबीसँग लड्ने रहेको उनको भनाई थियो।

    सांसद सिंहले भने, ‘म यो सदनमार्फत सबैलाई अपिल गर्न चाहन्छु, अहिले हाम्रो आवश्यकता सामाजिक सद्भाव कायम गर्ने र गरिबीसँग लड्ने हो। पछौटापनसँग लड्ने हो, असमानतासँग लड्ने हो। समूदाय समूदायबीच लड्ने समय होइन।’

    उनले अगामी दिनमा धार्मिक तथा साम्प्रदायिक दंगा हुन नदिने कुरामा राज्य सचेत हुनुपर्नेमा समेत जोड दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार