काठमाडौं । भक्तपुर जिल्ला अदालतको आदेशपछि मेडिकल ब्यवसायी दुर्गा प्रसाई रिहा भएका छन् । भक्तपुर जिल्ला अदालतले म्यादथप नगरी उनलाई सोमबारै रिहा गरेको हो । आइतबार राति प्रसाईलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
अदालतको आदेशबाट रिहा भएलगत्तै व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले आफ्नो पक्राउलाई लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता र विचारमाथिको हस्तक्षेप भएको टिप्पणी गरेका छन ।
रिहा भएलगत्तै सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै प्रसाईंले लोकतन्त्र विचारहरूको खुला बजार भएको उल्लेख गर्दै नागरिकले आफ्नो धारणा स्वतन्त्र रूपमा व्यक्त गर्न पाउनुपर्ने बताए । विचार राखेकै आधारमा पक्राउ गरिनु लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको उनको भनाइ छ ।
यसअघि आफूले दिएको ‘सिंहदरबार र सर्वोच्च अदालतमा आगो लगाउने’ भन्ने अभिव्यक्तिलाई उनले प्रतीकात्मक रूपमा बुझ्नुपर्ने दाबी गरे ।
उनका अनुसार सरकारका गलत कामका कारण जनताको मनमा र न्यायप्रतिको विश्वासमा पहिले नै ‘आगो लागिसकेको’ अवस्थालाई संकेत गर्न उक्त अभिव्यक्ति प्रयोग गरिएको थियो ।
प्रसाईंले वर्तमान राजनीतिक नेतृत्व जनअपेक्षा पूरा गर्न असफल भएको आरोप लगाउँदै सरकारको कडा आलोचना गरे। उनले आफूविरुद्ध कारबाही गर्नुभन्दा पहिले आफ्ना आरोपहरूलाई प्रमाणसहित खण्डन गर्न गृहमन्त्रीलाई चुनौती दिए ।
‘म सत्यका लागि लडिरहेको छु, जस्तोसुकै दबाब आए पनि पछि हट्दिनँ’ भन्दै उनले आफू आफ्नो अभियानबाट नहट्ने अडान दोहोर्याए ।
साथै, वर्तमान राजनीतिक व्यवस्था परिवर्तन नगरेसम्म देशको भविष्य सुनिश्चित नहुने दाबी गर्दै उनले नागरिकलाई ‘गणतन्त्र नामको रोग’ विरुद्ध एकजुट हुन आह्वान गरे।
प्रसाईं सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका थिए । तर, अनुसन्धानका लागि थप थुनामा राख्न प्रहरीले माग गरेको म्याद भक्तपुर जिल्ला अदालतले अस्वीकार गरेपछि उनी सोमबार रिहा भएका हुन् ।
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौँ। सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गरेको छ। आज (शुक्रबार)बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। यसअघि उनले...
काठमाडौँ। सरकारले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बैठकले गरेका प्रमुख निर्णयबारे जानकारी दिएका हुन्। प्रधानमन्त्री तथा...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूहरू सरकारविरुद्ध आन्दोलनको तयारीमा लागेको बताएका छन् । नेकपा निकट किसान महासंघको भेलालाई सम्बोधन...
काठमाडौं । जनमत पार्टीको राष्ट्रिय अध्यक्षमा डा.सीके राउत निर्वाचित भएका छन् । पार्टीको दोस्रो महाधिवेशन अन्तर्गत बिहीबार मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेकोमा अध्यक्ष...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend