Nepal Face
  • शुक्रबार, १५ साउन २०८३
  • आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको टक्कर, अख्तियारबाट डामिएका देव नियुक्ति हुने संभावना


    शुक्रबार, साउन १५ २०८३
    100
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशक नियुक्तिका लागि सर्टलिष्टमा परेका ६ जनालाई साउन १७ गते आइतबार अन्तर्वार्ता तथा प्रस्तुतिकरणका लागि बोलाइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार सूचना निकालेर सर्टलिष्टमा परेका ६ जनालाई साउन १७ गते अन्तर्वार्ताका लागि बोलाएको हो ।

    आयल निगमको कार्यकारी निर्देशकका लागि आवेदन दिएकाहरूमध्येबाट छविराज पोखरेल, कौशल केसी, सञ्जीवकुमार देव, सीए नागेन्द्र साह, सरोजकुमार शर्मा र दीपेन्द्रकुमार देव गरी ६ जना छनोट भएका छन् । यीमध्येबाट ३ जनाको नाम छनोट समितिले सिफारिस गर्नेछ । र, तिनै ३ जनामध्येबाट एकलाई मन्त्रिपरिषदले निगमको कार्यकारी निर्देशकमा नियुक्ति गर्नेछ ।

    सर्टलिष्टमा पारिएकामध्ये दीपेन्द्रकुमार देवलाई निगमको कार्यकारी निर्देशक बनाउने संभावना बढी रहेको उद्योग मन्त्रालय स्रोत बताउँछ । देव प्रधानमन्त्री वालेन्द्र शाह र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव दुबैका निकट मानिन्छन् ।

    गौरीकुमारीलाई मन्त्री बनाउनमै उनको ठूलो भूमिका उनी शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गत कार्यरत इन्जीनीयर हुन् । वालेन्द्र शाहसँग निकट रहेका उनले निकै आकर्षक नियुक्ति ताक्दैआएका थिए ।

    प्रधानमन्त्री शाहको सचिवालयले उनलाई खाद्य ब्यवस्था तथा ब्यापार कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुनका लागि आग्रह गरेका थिए तर उनले अस्वीकार गरेपछि आयल निगमको प्रमुख कार्यकारी निर्देशक बनाउन लागिएको स्रोतको दाबी छ ।

    आयल निगमको कार्यकारी निर्देशक बनाउन लागिएका देव शिक्षा तथा मानवस्रोत विकास केन्द्र सानोठिमीको इन्जिनियरमा कार्यरत हुँदा १ लाख ५० हजार रुपैयाँ घुस लेनदेनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट निलम्बनमा परेका थिए ।

    सुशासन कायम गर्ने चर्को नारासहित आएको सरकारले शिक्षा मन्त्रालयअन्तर्गत हुँदा घुसकाण्डमा परेका तिनै देवलाई नियुक्ति गर्ने संभावना बढेको छ ।

    अख्तियारले देवसहित शिक्षा विकास तथा समन्वय एकाइ काभ्रेका सबइन्जिनियर धनवीर भगत र शिक्षा विकास तथा समन्वय एकाइ भोजपुरका तत्कालीन सबइन्जिनियर निरजकुमार चौधरीविरुद्ध २०७६ साउन १७ गते विशेष अदालतमा मुद्दा दायर ग‍रेको थियो ।

    काभ्रेको महाभारतका स्कुल निर्माणको भुक्तानी दिएबापतको घुस राष्ट्रिय बाणिज्य बैंकमा जम्मा गराउन लगाएको पाइएपछि भगत र चौधरी पक्राउ परेका थिए । देव पनि अदालतमा हाजिर भएका थिए ।

    दीपेन्द्रकुमार देवले खाद्य कम्पनीको सिइओका लागि पनि आवेदन दिएका छन् । कम्पनीको सिईओमा आवेदन स्वीकृत हुनेमा देवसहित १६ जना नाम छ ।

    देव यसअघि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को सीईओ (प्रमुख कार्यकारी अधिकृत) छनोट प्रक्रियामा पनि सहभागी इन्जिनियर हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार