काठमाडौँ। नेकपा एमाले माधवकुमार नेपाल–झलनाथ खनाल पक्षले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नेपालको कम्युनिस्ट आन्दोलन छिन्नभिन्न र ध्वस्त बनाउन लागेको निष्कर्ष निकालेको छ।
अध्यक्ष ओलीले सोमबार नेता नेपाल र भीम रावललाई पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बन गरेपछि मंगलबार बसेको नेपाल–खनाल पक्षको स्थायी कमिटी बैठकले यस्तो निष्कर्ष निकालेको हो। यसअघि ओलीले आफू र पार्टीविरुद्ध गतिविधि गरेको भन्दै नेता नेपाल, रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोधेका थिए।
नेपाल–खनाल पक्षको स्थायी कमिटीको बैठकपछि जारी वक्तव्यमा ओलीका कदमले कम्युनिस्ट आन्दोलनमा धक्का पुगेको उल्लेख छ। वक्तव्यमा स्थायी कमिटीमा नेपाल–खनाल पक्षका सबै सदस्यको हस्ताक्षर छ। बैठकपछि नेता रावलले ओलीका पछिल्लो कदमले पार्टीलाई झन् विभाजित र अन्योलग्रस्त बनाएको बताए। उनले ओलीले विधानविपरीत केन्द्रीय समितिलाई तोडमरोड गरी महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरेकाले आफूहरू पनि समानान्तर समिति बनाउँदै अघि बढ्ने बताए। ‘नेपाल कम्युनिस्ट पार्टी (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन, त्यसबाट पारित विधान र पद्धति मिच्दै केपी शर्मा ओलीबाट एकपछि अर्को निरंकुश र स्वेच्छाचारी कार्य भइरहेको छ,’ रावलले भने।
नेपाल–खनाल पक्षमा रहेका स्थायी कमिटी सदस्यहरूले जारी गरेको वक्तव्यमा प्रधानमन्त्री एवं अध्यक्ष ओली राज्यसत्ता दुरूपयोग गर्दै तानाशाही लाद्ने र कम्युनिस्ट आन्दोलन ध्वस्त पार्ने दुष्प्रयासमा लागेको आरोप लगाइएको छ। वक्तव्यमा साबिक एमाले र माओवादी केन्द्रबीचको एकताविरुद्ध ओलीले अनेकौं षड्यन्त्र गरेको तथा फागुन २३ गते सर्वोच्च अदालतको फैसलापछि पुनर्जीवित एमालेलाई समेत विभाजन गरी नेपालको कम्युनिस्ट आन्दोलन विसर्जन गर्ने गतिविधि गरेको आरोप लगाइएको छ।
उनीहरूले एमाले पुनर्जीवित भएपछि केन्द्रदेखि स्थानीय तहसम्मका सबै संगठनात्मक संरचना तथा जनसंगठनलाई पूर्ववत् क्रियाशील गर्न प्रस्ताव गरे पनि ओलीले लत्याएर एकतर्फी निर्णय गरेको बताएका छन्। ‘विधि र पद्धतिसम्मत किसिमले पार्टीलाई अघि बढाउँदै विगतका कमीकमजोरीको समीक्षा गर्नुका साथै कम्युनिस्ट एकता र सहकार्यलाई आत्मसात् गर्न आग्रह गरेका थियौं तर पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट त्यो कुरा स्वीकार्य भएन।
उल्टै फागुन २८ गते हामीलाई कुनै जानकारी नदिईकन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आफ्नो गुटको भेला गरी पार्टी विधानको ठाडो उल्लंघन गर्दै नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी भंग गरियो र कथित राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बनाइयो। साथै केन्द्रीय कमिटी सदस्य रिक्त नरहेको अवस्थामा विधान मिचेर नेकपा (एमाले) का सदस्य नै नरहेका व्यक्तिहरूलाई सदस्य मनोनयन गरियो,’ वक्तव्यमा उल्लेख छ।
वक्तव्यमा मुलुकमा भ्रष्टाचार र अनियमितताको चाङ लाग्न थालेको तथा जनताप्रतिको उत्तरदायित्व र सुशासनका सबै मान्यता भत्किन थालेको उल्लेख छ। नेपाल र नेपालीको स्वाभिमानमा धक्का लाग्ने गरी बाह्य शक्तिसँग साठगाँठ गर्दै ओलीले देश, जनता र कम्युनिस्ट पार्टीलाई कमजोर तुल्याउने काम जारी राखेको पनि उनीहरूले बताएका छन्।
सत्ता, शक्ति र स्रोतको उन्मादले ओलीले पार्टी विभाजनको रेखालाई फराकिलो बनाउन नवौं राष्ट्रिय महाधिवेशनद्वारा निर्वाचित वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डेलाई अनेक झुटा आरोप लगाउँदै कथित स्पष्टीकरण सोधियो। त्यो उहाँको पार्टीभित्र अन्तरद्वन्द्व चर्काउने दुराशयको हिस्सा थियो,’ वक्तव्यमा उल्लेख छ।
वरिष्ठ नेता नेपाल र उपाध्यक्ष रावललाई विभिन्न झुटा लाञ्छना लगाउँदै ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गर्नु पार्टी विधानविपरीत र स्वेच्छाचारी कार्य भएको ठहर बैठकले गरेको छ। पार्टीभित्र विचार र संगठनको सम्बन्धमा छलफल र बहसको ढोका बन्द गरी ओलीले एमालेलाई विभाजन र छिन्नभिन्न गर्ने दुराशय राखेको वक्तव्यमा उल्लेख छ। (नागरिक दैनिकबाट)
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend