Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • डा.गोविन्द केसीले सुरू गरे २४औँ सत्याग्रह


    बिहिबार, साउन ७ २०८३
    185
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । डा.गोविन्द केसीले धनगढीबाट सत्याग्रह ९अनसन० सुरु गरेका छन् ।

    धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा बसेर बिहीबार दिउँसोबाट डा। केसीले सत्याग्रह सुरु गरेका हुन् । यो उनको २४औँ सत्याग्रह हो।

    केसी धनगढीमा अनसन बस्न बुधबार साँझ धनगढी पुगेका थिए । धनगढी पुगेर उनी सोही धर्मशालामै बास बसेका थिए । बिहीबार दिउँसो पत्रकार सम्मेलन गरेर उनले सत्याग्रह सुरु गरेका छन् ।

    डा। केसीले सरकारलाई ५ बुँदे माग राखेका थिए । ती माग पूरा गर्न डा। केसीले मंगलबार (साउन ५ गते) सम्मको समयसीमा दिएका थिए । तर, सरकारले पूर्ण रूपमा बेवास्ता गरेको भन्दै उनले आजबाट सत्याग्रह सुरु गरेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार