Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • पूर्वाधार विकास मन्त्री लम्सालले सचिवलाई रोकेर सल्लाहकारलाई अमेरिका पठाए


    बिहिबार, साउन ७ २०८३
    315
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । वालेन्द्र शाह नेतृत्वको सरकारका मन्त्रीहरुले सचिव जानुपर्ने कार्यक्रममा सल्लाहकार र पीए पठाउन थालेका छन् । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले मन्त्रालयका सचिव जानुपर्ने कार्यक्रममा आफ्ना सल्लाहकार सन्तोष पाण्डेलाई पठाएका छन् ।

    अमेरिकाको न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघीय बसोबास (युएन हेबिट्याट) सम्बन्धी कार्यक्रममा मन्त्रालयका सचिव गोपाल सिग्देल नै जानुपर्ने थियो । तर मन्त्री लम्सालले आफ्नै सचिवालयका सचिव सन्तोष पाण्डेलाई पठाएका छन् ।

    यसअघि भएका उक्त कार्यक्रममा तत्कालीन सहरी विकास मन्त्रालयका मन्त्री र सचिवले प्रतिनिधित्व गर्र्दैआएका थिए । तर यो बर्षको कार्यक्रममा मन्त्री लम्सालले सचिवलाई रोकेर सल्लाहकार पाण्डेलाई पठाएका छन् ।

    पाण्डे न्युयोर्कमा पुगेर कार्यक्रममा भाग लिएर स्वदेश फर्किसकेका छन् । सो कार्यक्रम असार ३१ देखि साउन २ गते ९जुलाई १५, १६, १७ र १८० सम्म आयोजना गरिएको थियो । सबैका लागि आवास र पर्याप्त आवास विषयमा छलफल गर्न उक्त कार्यक्रम आयोजना गरिएको हो । यो कार्यक्रम प्रत्येक बर्ष हुन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार