दोलखा। दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिर्पिङ खोलामा बुधबार बिहान गएको पहिरोमा परेर एक जना वृद्ध बेपत्ता भएका छन्। बिहान करिब २:३० बजे सिनर्जी हाइड्रोपावर ९सिर्पिङ खोला जलविद्युत् आयोजना०को ड्याम नजिकै पहिरो गएको थियो ।
पहिरोले स्थानीय बाख्राको गोठ बगाउँदा गोठमा रहेका ७३ वर्षीय तसमान तामाङ बेपत्ता भएको प्रहरीले जनाएको छ। पहिरोका कारण जलविद्युत् आयोजनाको ड्याम क्षेत्रमा रहेका कर्मचारी बस्ने आवासीय घरसमेत पूर्ण रूपमा क्षति भएको छ।
घटना लगत्तै बेपत्ताको खोजी तथा उद्धार कार्यका लागि सशस्त्र प्रहरी बलको सिंगटीस्थित पोस्टबाट विपद् व्यवस्थापन तालिमप्राप्त विशेष जनशक्ति परिचालन गरिएको छ। पहिरो प्रभावित क्षेत्रमा उद्धार टोलीले खोजी कार्य जारी राखेको छ।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend