काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिका अन्तर्गत ट्याङ्लाफाँट क्षेत्रमा गुडिरहेको एक निजी कारमा मंगलबार अचानक आगलागी हुँदा चालकको मृत्यु भएको छ।
प्रहरीका अनुसार चाँदनी चोक नजिक बा ५ च ३०३८ नम्बरको किया कारमा एक्कासि आगो लागेको थियो। आगलागीपछि चालक समयमै सवारीबाट बाहिर निस्कन नसक्दा उनी गाडीभित्रै जलेको अवस्थामा फेला परेका हुन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीका अनुसार आगलागीका कारण चालकले आफूलाई सुरक्षित रूपमा बाहिर निकाल्न नसकेपछि घटनास्थलमै उनको मृत्यु भएको प्रारम्भिक विवरण प्राप्त भएको छ।
प्रहरीले कारमा आगलागी हुनुको कारण हालसम्म खुल्न नसकेको जनाएको छ। घटनाको वास्तविक कारण पत्ता लगाउन सम्बन्धित निकायले आवश्यक अनुसन्धान अघि बढाएको छ।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend