सुजन राई र डा. स्वर्णिम वाग्ले
काठमाडौं । नेपालको संविधानले शिक्षा हासिल गर्न र स्वास्थ्य उपचारलाई जनताको मौलिक हकका रुपमा लिपिबद्ध गरेको छ । तर सरकारले जनताका तिनै मौलिक हकमा समेत कर लगाएको छ ।
जेनजी आन्दोलनको जगमा निर्वाचनमा झन्डै दुईतिहाई बहुमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले शिक्षामा ३ प्रतिशत र स्वास्थ्यमा ५ प्रतिशत भ्याट लगाएपछि त्यसको चौतर्फी बिरोध भइरहेको छ ।
युवा अधिवक्ता सुजन राई मौलिक हकका रुपमा संविधानमै उल्लेख भएका शिक्षा र स्वास्थ्यमा प्रतिगामी सरकारले मात्र कर लगाउन सक्ने बताउँछन् । राईले शिक्षा, स्वास्थ्य, बिजुली जस्ता कुरामा जेसुकै बहानामा कर लगाउँदा पनि प्रत्यक्ष असर गरिब नागरिकलाई नै पर्ने भएकाले यो सरकारले गरिबमारा काम गरेको छ ।
राईले सामाजिक संजालमा लेखेका छन्–‘आम नागरिकको आधारभूत आवश्यकताहरु संविधानमै उल्लेख भएका मौलिक हकहरु (Fundamental Rights) मा कर (Tax) लगाइनु भनेको Regressive State (प्रतिगामी सरकार) हुनु हो । करसमेत Regressive Tax (प्रतिगामी कर) लगाइरहेको छ ।
शिक्षा, स्वास्थ्य, बिजुली जस्ता कुरामा जेसुकै बहानामा कर लगाउँदा पनि प्रत्यक्ष असर गरिब नागरिकलाई नै हो ।
अस्पतालमा बिल तिर्ने बेला होस् वा स्कुलमा फी तिर्ने बेला होस् असर त गरिबलाई नै हो, धनीहरु त अस्पतालको क्याविनमा बसेर दैनिक दशौँ हजार यसअघि नै तिरिरहेकै थिए, स्कुलमा मासिक लाखौं फी तिरिरहेकै थिए, उनीहरुलाई के चिन्ता ?
ब्यक्तिगत आयमा करको दर घटाउँदा वा कर लाग्ने आयको सीमा बढाउँदा उच्च र मध्यम वर्गलाई नै फाइदा हो ।
यस अर्थमा सरकार गरिबमारा नै हो ।
गरिबको चमेली बोल्दिने कोही छैन ।’
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोसी बाढीप्रभावितहरूको पुनर्स्थापना र पूर्वाधार पुनर्निर्माणबारे चासो व्यक्त गरेका छन्। बुधबार उनले परराष्ट्रमन्त्री शिशिर खनाल र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा पुनरावलोकनका लागि सर्वोच्च अदालतले दिएको अनुमतिबाटै आधाभन्दा बढी विजय भइसकेको दाबी गरेका छन् । कांग्रेस...
काठमाडौँ । प्रतिनिधि सभामा ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत भएको छ । सभाको आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता...
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले पार्टी पंक्तिलाई नागरिकको आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा चोकचौतारोमा तुच्छ टीकाटिप्पणी नगर्न संसदबाट निर्देशन दिएका छन् । उनले...
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले ‘राज्य कहाँ छ?’भन्ने प्रश्न उठाउनेहरूलाई राज्य भग्नावशेष सुरुङभित्र आफ्ना नागरिक खोजिरहेको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend