Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सत्ताका लागि ३ दल मिल्दैनौँ, प्रदेशमा पनि प्रतिपक्षमा बस्न तयार छौँ: विश्वप्रकाश शर्मा


    सोमबार, साउन ४ २०८३
    270
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिपक्षीविहीन प्रदेशसभाको कल्पना आफूहरुले नगरेको उल्लेख गर्दै सत्ताका लागि तीन दल मिलेर जाने अवस्था नरहेको बताएका छन् ।

    पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले बरु आफूहरू प्रतिपक्षमा बस्न तयार रहेको तर प्रमुख प्रतिपक्षीविहीन प्रदेशसभाको परिकल्पना समेत गर्न नसक्ने बताए।

    प्रदेश सरकारमा देखिएका समस्या समाधानका लागि संवादहरू जारी रहेको उल्लेख गर्दै उनले भने, ‘आन्तरिक रूपमा संवाद भइरहेका छन् । हाम्रो बटमलाइन भनेको कुनै पनि प्रदेशसभा प्रतिपक्ष विहीन बन्नु हुँदैन भन्ने हो ।’

    शर्माले कुनै पनि प्रदेश सभा प्रतिपक्षविहीन बन्न नहुने धारणा व्यक्त गर्दै संविधानको मूल मर्मलाई जोगाउनुपर्नेमा जोड दिए ।

    यसैबीच उनले साउन ६ गते मनाइने जननेता बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा देशभर विविध कार्यक्रम आयोजना गरिने जानकारी दिए ।

    शर्माले बीपी कोइरालाको स्मृति दिवसलाई जलवायु जनचेतनासँग जोड्नुको पृष्ठभूमि पनि स्पष्ट पारे । उनले बीपी कोइराला प्रधानमन्त्री रहँदा जंगलको राष्ट्रियकरण गर्ने निर्णय भएकोले वन संरक्षण सम्भव भएको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार