Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • गोङ्गबु बसपार्कस्थित होटलमा एक युवती मृत फेला, अझै सम्पर्कमा आएनन् आफन्त


    सोमबार, साउन ४ २०८३
    505
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । गोङ्गबुस्थित मित्रनगरको होटलमा सोमबार बिहान मृत फेला परेकी निशा सुनारका आफन्त अझै सम्पर्कमा आएका छैनन् । उनको शव त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

    जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार गोङ्गबुको बिजी मल पछाडि रहेको माउण्ट एल्भिस होटलमा धनगढी स्थायी ठेगाना बताउने २८–३० वर्ष उमेरकी निशा सुनार मृत फेला परेकी हुन् ।

    उनले होटलमा बस्न जाँदा टिपाएको ठेगानाबाहेक अन्य कुनै प्रमाणित तथ्य फेला परेको छैन । आफन्त पनि सम्पर्कमा आएका छैनन् ।

    उनको हत्या भएको हो वा आत्महत्या गरेकी हुन् भन्ने विषय पनि यकिन भएको छैन । अहिले प्रहरीले होटल सञ्चालकसँग सोधपुछ गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार