काठमाडौँ । सरकारले ६६ स्थानीय तहमा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई लक्षित गर्दै जग्गा उपलब्ध गराउने तथा बसोबास व्यवस्थापन प्रक्रियाका लागि अन्तिम पटक निवेदन आह्वान गरेको छ।
भूमि समस्या समाधान समितिले जारी गरेको सूचना अनुसार भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनसम्बन्धी कार्यलाई अघि बढाउन आवेदन संकलन गर्न लागिएको हो।
यसका लागि सम्बन्धित स्थानीय तहका लाभग्राहीले समितिले निर्धारण गरेको ढाँचाअनुसारको निवेदन फाराम भरेर साउन ४ गतेदेखि सुरु हुने ३५ दिनभित्र आवेदन दर्ता गराउनुपर्नेछ।
समितिका अनुसार आवेदन सम्बन्धित वडामा तोकिएका स्थानमा खटिएका लगत संकलकमार्फत बुझाउन सकिनेछ। यससम्बन्धी सूचना स्थानीय तहमार्फत सार्वजनिक गरिसकिएको छ।
समितिले तोकिएको समय सीमाभित्र आवश्यक कागजातसहित निवेदन पेस गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ।

काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend