काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले नेपाली काँग्रेस सबै जातजाति, भाषाभाषी र भूगोलका साथै सबै पुस्तालाई जोड्ने एउटा सुदृढ राष्ट्रिय शक्ति बन्नुपर्ने बताएका छन् ।
ललितपुरमा आईतवार आयोजित सन्त नेता कृष्णप्रसाद भट्टराईको शालिक अनावरण तथा ४४ औँ वीपी स्मृति सप्ताहको शुभारम्भ कार्यक्रममा बोल्दै सभापति थापाले पार्टीमा नयाँ पुस्ताको आगमन र उनीहरूको अर्थपूर्ण सहभागिता अपरिहार्य रहेको बताएका हुन् ।
सभापति थापाले भने, ‘म भन्दा अघिका दुई पुस्तादेखि लिएर पछिल्ला दुई पुस्तासम्मका साथीहरू नेपाली काँग्रेसमा सक्रिय हुनुहुन्छ । राष्ट्रिय शक्ति भएको नेपाली काँग्रेसले सबै जाति, भाषा, समुदाय र पुस्तालाई जोड्ने साझा शक्ति बन्नुपर्छ । यसका लागि नयाँ पुस्तालाई केवल प्रतीकात्मक रूपमा होइन, अर्थपूर्ण रूपमा पार्टीमा सहभागी गराउनुपर्छ । उनीहरूको विचार, अपेक्षा र दृष्टिकोणलाई सम्मानपूर्वक सुन्नुपर्छ, किनकि बदलिँदो समयसँगै उनीहरूको सोच र राजनीतिक अपेक्षा पनि फरक छन् । आज समाजमा पुस्ताबीचको दूरी बढ्दै गएको देखिन्छ । ६०–६५ वर्षभन्दा माथिका मानिसलाई नै पछाडि पार्नुपर्ने सोच विकसित हुनु स्वस्थ लोकतान्त्रिक संस्कृतिका लागि उचित होइन । नेपाली काँग्रेसले यस्तो विभाजनकारी सोचभन्दा माथि उठेर सबै पुस्ताबीच सहकार्य र विश्वासको वातावरण बनाउनुपर्छ । हामी सबै एउटै पहिचान बोकेका हुँदैनौँस् हाम्रो समाज बहु आयामिक पहिचानले बनेको छ । त्यसैले विभाजन होइन, एकता र समावेशितालाई प्राथमिकता दिनु नै हाम्रो जिम्मेवारी हो ।’
सभापति थापाले अब काँग्रेसले ‘सबै पुस्ता बराबर हुन्’ भन्ने मान्यतालाई पार्टीभित्र र समाजमा स्थापित गर्नुपर्ने आवश्यकता औँल्याए ।
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’ सोमवारबाट औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को सहुलियतपूर्ण ऋण...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
काठमाडौँ। शनिबार साँझ रसुवाको गोसाइँकुण्डबाट एउटा ‘अन टेस्ट’भ्यान त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ। उक्त गाडीसँगै चालक बेपत्ता भएका प्रहरीले जनाएको छ। रसुवाको गोसाइँकुण्ड गाउँपालिका- ५...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend