काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई कमजोर बनाउने उद्देश्यले विभिन्न प्रयास भइरहे पनि एमाले आफ्नै संगठनात्मक आधारमा अघि बढ्न सक्षम रहेको बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित वेबसाइट तथा मोबाइल एपको नयाँ संस्करण सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमाले कुनै अर्को शक्तिको सहारामा मात्र टिक्ने संगठन नभएको दाबी गरे।
उनले पछिल्ला राजनीतिक परिस्थितिबाट पार्टीमा असर परेको भए पनि त्यसले एमालेको अस्तित्व समाप्त नभएको बताए। विभिन्न चुनौती, संकट र प्रतिकूल अवस्थाको सामना गर्दै पार्टी अघि बढेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि आफ्नै शक्तिका आधारमा संगठनलाई पुनः सुदृढ बनाउने धारणा राखे।
अध्यक्ष ओलीले एमाले कठिन परिस्थितिबाट विचलित नहुने उल्लेख गर्दै पार्टीले विगतमा पनि अनेकौँ चुनौती पार गर्दै आएको बताए। उनले बाह्य सहाराबिना पनि पार्टीले आफ्नो राजनीतिक यात्रा निरन्तर अघि बढाउन सक्ने दाबी गरे।
कार्यक्रममा उनले प्रविधिको प्रयोगमार्फत पार्टी गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले वेबसाइट तथा एपको नयाँ संस्करण सार्वजनिक गरिएको जानकारी दिए।
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend