Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • बागमतीमा मन्त्रालय संख्या घटेपछि ६ मन्त्री बने बिना विभागीय


    शुक्रबार, साउन १ २०८३
    285
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बागमती प्रदेशमा मुख्यमन्त्री इन्द्र बानियाँले मन्त्रालय संख्या घटाएका छन् । मुख्यमन्त्री बानियाँले १४ बाट घटाएर ८ मन्त्रालय बनाएका हुन्।

    मन्त्रालय संख्या घटाएपछि मन्त्रीको संख्या भने १४ नै छ । ६ जना मन्त्रीलाई बिना विभागीय बनाइएको छ ।

    मन्त्रीहरू किरण थापा मगर, उर्मिला नेपाल, भरतबहादुर केसी, सुरेश श्रेष्ठ, जयराम थापा र बिनुकुमारी रायमाझी पौडेललाई बिना विभागीय बनाइएको छ।

    कांग्रेसले सबै प्रदेशमा एमालेसँग सत्ता सहकार्य तोड्ने निर्णय गरिसकेको छ। एमालेका मन्त्रीहरू हिजै सरकार छाड्ने तयारी गरेपनि केन्द्रको निर्देशनपछि रोकिएका थिए।

    नयाँ समीकरण बनाउनको लागि कांग्रेस र एमाले दुवैले नेकपासँग संवाद गरिरहेका छन्। नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड श्रीलंकाबाट फर्किएपछि नयाँ समीकरणबारे निर्णय हुने जनाइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार