काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का शीर्ष नेताहरूसँग समसामयिक राजनीतिक विषय र संविधान संशोधनका विषयमा छलफल गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ तथा केन्द्रीय सदस्य एवं सांसद खुश्बु ओली सहभागी थिए।
करिब एक घण्टा चलेको छलफलमा पछिल्लो राजनीतिक अवस्था, संविधान संशोधनको आवश्यकता तथा त्यससँग सम्बन्धित विषयमा विचारविमर्श भएको सांसद ओलीले जानकारी दिइन्।
उनका अनुसार प्रधानमन्त्री शाहले सरकारले अघि सारेका कामहरू प्रारम्भिक चरणमा रहेको र ती विषय क्रमशः निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरेका थिए।
संविधान संशोधनका सन्दर्भमा सबै पक्ष र नागरिकका गुनासोलाई सम्बोधन गर्ने गरी प्रक्रिया अघि बढाइने धारणा प्रधानमन्त्रीले राखेको ओलीले बताइन्।
भेटका क्रममा राप्रपाको संविधान संशोधनसम्बन्धी पूर्ववत् धारणा पनि प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरिएको उनले जानकारी दिइन्। साथै, राजनीतिक दलहरू र सांसदहरूबीच निरन्तर संवाद र समन्वय कायम राख्न आफूहरूले प्रधानमन्त्रीलाई सुझाव दिएको ओलीले बताइन्।
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend