काठमाडौं । कोशी प्रदेशमा नेपाली काँग्रेसले सरकारबाट बाहिरिने तयारी गरेको छ। सुदूरपश्चिम प्रदेशमा नेकपा (एमाले) सँगको सत्ता सहकार्यमा उत्पन्न असहज परिस्थितिपछि काँग्रेसले प्रदेश सरकारहरूमा रहेका आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय लिएसँगै कोशीमा पनि सरकार छाड्ने प्रक्रिया अघि बढेको हो।
काँग्रेसका तर्फबाट कोशी प्रदेश सरकारमा सहभागी चार जना मन्त्रीले आजै राजीनामा दिने तयारी गरेका छन्। यस सम्बन्धमा औपचारिक निर्णय गर्न काँग्रेस संसदीय दलको बैठक जारी रहेको जनाइएको छ।
कोशी प्रदेश सरकारमा काँग्रेसबाट भौतिक पूर्वाधार, स्वास्थ्य, उद्योग, कृषि तथा सहकारी र पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्रीहरू सहभागी छन्।
यसअघि काँग्रेसभित्र सरकारमा रहने वा नरहने विषयमा संस्थापन र इतर समूहबीच फरक धारणा देखिँदै आएको भए पनि हाल एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको प्रदेश सरकारबाट बाहिरिने विषयमा दुवै पक्ष एकमत देखिएको बताइएको छ।
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend