काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो सम्पत्ति विवरण बुझाएका छन्। बुधबार भट्टराईले सम्पत्ति छानबिन आयोगसमक्ष आफ्नो सम्पत्ति विवरण बुझाएका हुन्।
काठमाडौँको केशरमहलस्थित सम्पत्ति छानबिन आयोगको कार्यालयमा सम्पत्ति विवरण बुझाइएको डा. भट्टराईको सचिवालयले जनाएको छ।
‘नेपाल सरकारद्वारा पूर्वउच्चपदस्थ पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्ने निर्णयअनुसार पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आज केशरमहलस्थित सम्पत्ति छानबिन आयोगको कार्यालयमा आफ्नो सम्पत्ति विवरण बुझाउनुभएको छ,’ सचिवालयले भनेको छ।
डा. भट्टराईले सुशासनप्रतिको आफ्नो प्रतिबद्धताअनुरुप सम्पत्ति विवरण बुझाएको जनाएका छन्। ‘पारदर्शिता, जवाफदेहिता र सुशासनप्रतिको आफ्नो प्रतिबद्धताअनुरूप उहाँले आवश्यक विवरण आयोगसमक्ष पेश गर्नुभएको हो,’ सचिवालयले भनेको छ।
सरकारले गठन गरेको आयोगले सम्पत्ति छानबिनका लागि विवरण मागिरहेको छ। सरकारले २०६२/६३ सालयताका उच्चपदस्थ पदाधिकारीको सम्पत्ति छानबिन गर्न आयोग गठन गरेको थियो।
वर्तमान सरकारका सदस्यको सम्पत्ति छानबिन नगर्ने भएपछि आयोग विवादित बनेको छ। यसविरुद्ध सर्वोच्च अदालतमा पनि रिट परेका छन्।
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend