काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो सम्पत्ति विवरण बुझाएका छन्। बुधबार भट्टराईले सम्पत्ति छानबिन आयोगसमक्ष आफ्नो सम्पत्ति विवरण बुझाएका हुन्।
काठमाडौँको केशरमहलस्थित सम्पत्ति छानबिन आयोगको कार्यालयमा सम्पत्ति विवरण बुझाइएको डा. भट्टराईको सचिवालयले जनाएको छ।
‘नेपाल सरकारद्वारा पूर्वउच्चपदस्थ पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्ने निर्णयअनुसार पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आज केशरमहलस्थित सम्पत्ति छानबिन आयोगको कार्यालयमा आफ्नो सम्पत्ति विवरण बुझाउनुभएको छ,’ सचिवालयले भनेको छ।
डा. भट्टराईले सुशासनप्रतिको आफ्नो प्रतिबद्धताअनुरुप सम्पत्ति विवरण बुझाएको जनाएका छन्। ‘पारदर्शिता, जवाफदेहिता र सुशासनप्रतिको आफ्नो प्रतिबद्धताअनुरूप उहाँले आवश्यक विवरण आयोगसमक्ष पेश गर्नुभएको हो,’ सचिवालयले भनेको छ।
सरकारले गठन गरेको आयोगले सम्पत्ति छानबिनका लागि विवरण मागिरहेको छ। सरकारले २०६२/६३ सालयताका उच्चपदस्थ पदाधिकारीको सम्पत्ति छानबिन गर्न आयोग गठन गरेको थियो।
वर्तमान सरकारका सदस्यको सम्पत्ति छानबिन नगर्ने भएपछि आयोग विवादित बनेको छ। यसविरुद्ध सर्वोच्च अदालतमा पनि रिट परेका छन्।
काठमाडौँ । नेपाल नेत्र ज्योति संघले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु।...
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आज बाढी प्रभावित क्षेत्र नुवाकोट जाने भएका छन् । बाढीपीडितका लागि राहत सामग्रीसहित स्थलगत निरीक्षणका लागि काठमाडौँबाट स्थलगत...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोसी बाढीप्रभावितहरूको पुनर्स्थापना र पूर्वाधार पुनर्निर्माणबारे चासो व्यक्त गरेका छन्। बुधबार उनले परराष्ट्रमन्त्री शिशिर खनाल र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा पुनरावलोकनका लागि सर्वोच्च अदालतले दिएको अनुमतिबाटै आधाभन्दा बढी विजय भइसकेको दाबी गरेका छन् । कांग्रेस...
काठमाडौँ । सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारीहरूले शिष्टाचार भेटघाट तथा विदेश भ्रमणका क्रममा प्राप्त गरेका उपहार राज्यकोषमा दाखिला गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend