Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • प्रतिनिधि सभा बैठक दुई सातापछि बस्ने गरि स्थगित 


    बुधबार, असार ३१ २०८३
    285
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रतिनिधि सभाको बैठक करिब दुई साताका लागि स्थगित भएको छ। यससँगै संघीय संसद्को तल्लो सदनको अर्को बैठक साउनको दोस्रो साताको अन्त्यतिर बस्ने तयारी गरिएको छ।

    प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बिहीबार बसेको बैठकले हाल सञ्चालनमा रहेको बैठकपछि अर्को बैठक साउनको दोस्रो साताको अन्तिमतिर राख्ने सहमति गरेको हो।

    यसअघि प्रतिनिधि सभाको बैठक सुरु हुनुअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर आगामी बैठकको कार्यतालिका तथा समय व्यवस्थापनबारे छलफल भएको थियो।

    संसदीय अभ्यासअनुसार चालु बैठकको कार्यसूची सम्पन्न भएपछि सभामुखले अर्को बैठक बस्ने मिति र समय औपचारिक रूपमा घोषणा गर्नेछन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार