काठमाडौं । सेवा बिस्तारसँगै ६ सय शैयाको भरतपुर अस्पताललाई जग्गा अपर्याप्त छ । तर अस्पतालसँग ३१ बिघा जग्गा भए पनि त्यो जग्गा उसले प्रयोग गर्न सकेको छैन ।
भी नटराज र नगेन्द्र पम्पाटीसहितको भारतीयहरुको लगानीमा संचालित कलेज अफ मेडिकल साइन्सेजले ९ बिघा जग्गा ३२ बर्षदेखि कौडीको मूल्यमा प्रयोग गरिरहेको छ । त्यसका अतिरिक्त नेत्रज्योति संघ नामक गैरसरकारी संस्थाले ७ बिघा जग्गा अतिक्रमण गरेको छ । अझ उक्त जग्गा आफ्नै नाममा संघले दर्ता गर्न खोजेको थियो । यसका अतिरिक्त सीटीईभीटीले ७ बिघा र साझा स्वास्थ्य सेवाले डेढ कट्ठा जग्गाा अतिक्रमण गरेका छन् ।
भरतपुर अस्पताललाई जग्गा अपुग भएर विस्तार गर्न खोज्दा पनि आफ्नै जग्गा पाउन उसले सरकारसँग हारगुहार गर्दैआएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयदेखि सरकारका बिभिन्न निकायमा भरतपुर अस्पतालले जग्गा खाली गराइदिन अनुरोध गरेर दर्जनौैं पत्र लेख्दा पनि कुनै पनि सरकारले गराउन सकेनन् ।
यो पनि पढ्नुहोस् :
वालेन्द्र शाह नेतृत्वको रास्वपाको सरकार आएपछि भरतपुर अस्पतालले जग्गा पाउन सक्ने अपेक्षा चितवनबासीले गरेका थिए । तर स्वास्थ्य मन्त्री मेहता चुनावअघि कलेज अफ मेडिकल साइन्समै कार्यरत रहेको र त्यही कलेजमा कार्यरत डा. मनोहर प्रधानलाई उनले सल्लाहकार बनाएपछि भरतपुर अस्पतालको जग्गा खाली गराउने कार्य हुने आशंका बढ्दै गएको छ ।
कोशी अस्पतालको जग्गामा बनेका संरचना प्रहरी लगाएर भत्काएको बालेन सरकारले भरतपुर अस्पतालसँग गैरकानुनी रुपमा ४९ बर्षका लागि लिजमा लिएर मेडिकल कलेजले बनाएका संरचना हटाउन किन बिलम्ब गरिरहेको छ ? भन्ने प्रश्न उठेको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल सडकमा बिभिन्न स्टन्ट गर्दै हिंडिरहेका भिडियो भाइरल छन् । तर भरतपुर अस्पतालको जग्गा खाली गराउन उनले कुनै चासो राखेको देखिंदैन । कलेज अफ मेडिकल साइन्सका लगानीकर्ता नटराज र पम्पाटीबाट उनी पनि प्रभावित भएकाले संघीय सरकार अन्तर्गतको भरतपुर अस्पतालको जग्गा खाली गराउने प्रक्रियाका बारेमा अनभिज्ञ जस्तै बनेका त होइनन् भन्ने आशंका उत्पन्न भएको छ । रास्वपा सभापति रवि लामिछानेले पनि भरतपुर अस्पतालको जग्गाका बारेमा मौन देखिएका छन् ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। बङ्गालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली चक्रवात आँधी) परिणत भई त्यसको प्रभाव नेपालमा पनि पर्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend