Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • रौतहटमा पेट्रोल छर्केर २८ वर्षीय युवकले गरे आत्मदाहको प्रयास, काठमाडौँ ल्याइदै 


    बुधबार, असार ३१ २०८३
    190
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । रौतहटको गरुडा नगरपालिका–९ गमरिया टोलका युवकले शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएका छन्।

    मंगलबार राति करिब १ बजे २८ वर्षीय गौतम कुमार सहनीले शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ। आगलागीबाट उनको घाँटीदेखि तलसम्म करिब ३१.५ प्रतिशत शरीर जलेको छ।

    घाइते सहनीलाई तत्काल बेटर नेपाल अस्पताल, गरुडामा उपचारका लागि लगिएको थियो। अस्पतालबाट बिहान करिब ४ बजे प्रहरीलाई जानकारी प्राप्त भएपछि प्रहरी चौकी बिर्ताबाट प्रहरी सहायक निरीक्षक मनोज दासको कमाण्डमा टोली घटनास्थल र अस्पतालमा खटिएको थियो।

    प्रारम्भिक उपचारपछि सहनीलाई थप उपचारका लागि कीर्तिपुर बर्न अस्पताल, काठमाडौँ रिफर गरिएको प्रहरीले जनाएको छ। हाल उनको अवस्था मध्यम रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार