काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१ किलो) खाना पकाउने एलपी ग्याँस उपलब्ध गराउँदैआएको थियो ।
इण्डियन आयलका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीहरुबाट भएको लोडिङको अवस्थामा सुधार तथा आम उपभोक्ता वर्गबाट १४.२ किलोको उच्च मागको अवस्थालाई समेत मध्येनजर गर्दै निगमले २०८३ असार ३१ गतेबाट मुलुकभरी नै साविककै भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । निगमका अनुसार उपभोक्ताले पूरा ग्याँस २ हजार ६० रुपैयाँ तिर्नुपर्नेछ ।
केही समयका लागि ७.१ किलोे (आधा सिलिण्डर) ग्याँस पूर्णरुपमा प्रतिस्थापन नहुँदासम्म बजारमा दुवै सिलिण्डर विक्री वितरण हुनसक्ने भएकोले सोही अनुसार तौल र मूल्य एकीन गरेर मात्र ग्यास खरिद गर्नका निगमले उपभोक्तावर्गमा अनुरोध गरेको छ ।
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend