काठमाडौँ । नेकपा एमालेले प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रवेश प्रक्रिया नियमावली विपरीत भएको दाबी गर्दै सभामुखको ध्यानाकर्षण गराएको छ।
एमाले सांसद ऐन महरले प्रतिनिधि सभा नियमावलीमा सभामुखको आसन र बोलिरहेको सदस्यबीचबाट आवतजावत गर्न नपाइने व्यवस्था रहेको उल्लेख गर्दै उक्त प्रावधान उल्लंघन भएको बताएका हुन्।
मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद महरले बैठक चलिरहेका बेला राप्रपा सांसद खुश्बु ओलीले आफ्नो धारणा राखिरहेको अवस्थामा प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछाने संसद् कक्षमा प्रवेश गरेको भन्दै आपत्ति जनाए।
उनले नियमावलीको सम्बन्धित व्यवस्थाको पालना नभएको भन्दै यस विषयमा सभामुखबाट आधिकारिक निर्देशन (रुलिङ) जारी गर्न माग गरे।
प्रधानमन्त्री शाह र सभापति लामिछाने प्रतिनिधि सभा बैठकमा सहभागी हुन पुग्दा सांसद ओलीले आफ्नो भनाइ राखिरहेको अवस्था रहेको थियो। सोही घटनालाई लिएर एमालेले संसद् नियमको पालना र प्रक्रियागत मर्यादाको विषय उठाएको हो।
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend