काठमाडौँ। सत्तारुढ रास्वपाका सांसद अमरेश सिंहले यो सरकारले पनि जनतामा आशा जगाउन नसकेको बताएका छन्।
मंगलबार संसद् बैठकमा आफ्ना धारणा राख्दै उनले व्यवसायी, युवा, विद्यार्थी कोही पनि अहिले सन्तुष्ट नरहेको दाबी गरे।
‘म भारी र दुःखी मन लिएर आजको संसद् बैठकमा उपस्थित भएको छु,’ बैठकमा आफ्ना धारणा राख्दै सिंहले आत्मदाह गरेका आफ्नो निर्वाचन क्षेत्रमा पर्ने सर्लाहीका युवा विवेक मण्डलको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धान्जली अर्पण गरे।
उनले यो हप्तामै तीन युवाले आत्मदाह गरेको भन्दै दुःख व्यक्त गरे।
‘हामी राज्य सञ्चालन गर्दैछौँ। तर, जनतामा चरम निराशा छ,’ उनले भने, ‘यो देशमा बाँच्न सकिन्न, केही गर्न सकिन्न भन्ने भाष्य निर्माण हुँदैछ। हामी संसद्बाट त्यो खालको भाष्य निर्माण नगरौँ। म सबैलाई आग्रह गर्छु, राज्य र जनता रहे मात्रै हामी राजनीति गरौँला। आज सत्तामा हुने भोलि नरहौँला। जनता र लोकतन्त्र रहे मात्रै हामी राजनीति गरौँला। हामी सबैले जनता र लोकतन्त्रको रक्षा गरौँ।’
उनले व्यवसायी, युवा, विद्यार्थी र आम नागरिकलाई यो सरकारले पनि आशा जागृत गर्न नसकेको बताए।
‘म सभामुखलाई आग्रह गर्छु, राष्ट्रिय मुद्दा तय गरौँ। सबै दल मिलेमात्र संकटबाट बाहिर निस्कन सकिन्छ,’ उनले भने।
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend