काठमाडौँ। कान्तिपुरको गेट आगाडि पार्किङ गरेर छाडिएको गाडी रास्वपा नेताको रहेको खुलेको छ। सो गाडी केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागका पूर्व सदस्य रवि जयसवालको भएको पुष्टि भएको हो।
उनी महाधिवेशन पहिले रास्वपाको उक्त विभागमा थिए। रविका बुबा कन्थमणिप्रसाद कलवार रौतहटको गरुडा नगरपालिकाका मेयर हुन्। गएको स्थानीय तहको निर्वाचनमा कलवार नेकपा एमालेबाट मेयरमा निर्वाचित भएका थिए।
तर आफ्नो कान्छो छोरा यसअघि नै रास्वपामा प्रवेश गरेको उनले बताए। उक्त गाडी एक महिना पहिले किनेको र अहिलेसम्म पनि आफ्नो नाममा आउन बाँकी रहेको बताए। गाडी सानिमा बैंकबाट कर्जा लिएर किनेको अभिलेखमा भेटिएको छ।
बा प्रदेश ०१-०३४ च ८४८० नम्बरको गाडी तीनकुनेस्थित कान्तिपुर मिडियाग्रुपको कार्यालयको गेट अगाडि पार्किङ गरेर छाडिएको थियो। प्रहरीले क्रेनको मद्दतमा यो गाडी उठार लगिसकेको छ।
यस्तै अनलाइनखबर र हिमालयन टेलिभिजन अगाडि पनि यसैगरी गाडी पार्किङ गरिएको थियो। ती गाडी पनि प्रहरीले लगेको छ। कांग्रेस सभापति गगनकुमार थापाको घर अगाडि पनि यसगरी गाडी पार्किङ गरेको फेला परेको छ। त्यहाँ पनि अहिले प्रहरी टोली पुगेको छ।
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend