काठमाडौँ। कान्तिपुरको गेट आगाडि पार्किङ गरेर छाडिएको गाडी रास्वपा नेताको रहेको खुलेको छ। सो गाडी केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागका पूर्व सदस्य रवि जयसवालको भएको पुष्टि भएको हो।
उनी महाधिवेशन पहिले रास्वपाको उक्त विभागमा थिए। रविका बुबा कन्थमणिप्रसाद कलवार रौतहटको गरुडा नगरपालिकाका मेयर हुन्। गएको स्थानीय तहको निर्वाचनमा कलवार नेकपा एमालेबाट मेयरमा निर्वाचित भएका थिए।
तर आफ्नो कान्छो छोरा यसअघि नै रास्वपामा प्रवेश गरेको उनले बताए। उक्त गाडी एक महिना पहिले किनेको र अहिलेसम्म पनि आफ्नो नाममा आउन बाँकी रहेको बताए। गाडी सानिमा बैंकबाट कर्जा लिएर किनेको अभिलेखमा भेटिएको छ।
बा प्रदेश ०१-०३४ च ८४८० नम्बरको गाडी तीनकुनेस्थित कान्तिपुर मिडियाग्रुपको कार्यालयको गेट अगाडि पार्किङ गरेर छाडिएको थियो। प्रहरीले क्रेनको मद्दतमा यो गाडी उठार लगिसकेको छ।
यस्तै अनलाइनखबर र हिमालयन टेलिभिजन अगाडि पनि यसैगरी गाडी पार्किङ गरिएको थियो। ती गाडी पनि प्रहरीले लगेको छ। कांग्रेस सभापति गगनकुमार थापाको घर अगाडि पनि यसगरी गाडी पार्किङ गरेको फेला परेको छ। त्यहाँ पनि अहिले प्रहरी टोली पुगेको छ।
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
काठमाडौँ । सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend