Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे


    सोमबार, असार २९ २०८३
    975
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन्। अध्यादेश ल्याएर भूपेन्द्र भण्डारीलाई अध्यक्षबाट पदमुक्त गरिएपछि घिमिरे नै निमित्त अध्यक्षको जिम्मेवारीमा थिए।

    पछिल्लो मन्त्रिपरिषद् बैठलले अध्यक्ष नियुक्तिको निर्णय गरेको हो। केहीबेरमा उनको शपथ सूचना तथा संचार मन्त्रालयमा हुँदैछ।

    घिमिरे प्राधिकरणमा लामो समयदेखि आर्थिक विश्लेषण तथा उपभोक्ता हित संरक्षण शाखामा क्रियाशिल थिए। उनी प्राधिकरणको उपभोक्ता हित संरक्षण महाशाखा प्रमुखको भूमिकामा पनि रहेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार