Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • नक्कली भुटानी शरणार्थी प्रकरण: दुई पूर्व मन्त्री सहितलाई सजाय सुनाइने


    सोमबार, असार २९ २०८३
    310
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका दुई पूर्व मन्त्रीसहित १६ जनालाई आज सजाय सुनाइने भएको छ।

    काठमाडौँ जिल्ला अदालतले असार २३ गते उक्त मुद्दामा फैसला सुनाउँदै १६ जनालाई दोषी ठहर गरेको थियो। न्यायाधीश तेजबहादुर खड्काको इजलासले सजाय निर्धारणका लागि आजको पेशी तोकेको हो।

    दोषी ठहर हुनेमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्व सांसद आङटावा शेर्पा, तत्कालीन गृह सचिव टेकनारायण पाण्डे, डा. इन्द्रजित राई, टेननाथ रिजाल, केशव दुलाल, सानु भण्डारीलगायत रहेका छन्।

    उनीहरू संगठित अपराध तथा राज्यविरुद्धको कसुरसम्बन्धी आरोपमा दोषी ठहर भएका हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार