Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जाजरकोटमा पहिरोले घर पुरिँदा आमाको मृत्यु, छोरी र नातिनी घाइते 


    सोमबार, असार २९ २०८३
    160
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। जाजरकोटमा पहिरोले घर आमाको पुरिँदा एक महिलाको मृत्यु भएको छ।

    भेरी नगरपालिका–२ राङसीमा पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य दुई जनाको घाइते अवस्थामा उद्धार गरिएको छ।

    गएराति परेको अविरल वर्षापछि खसेको पहिरोले ६० वर्षीया जयशिला शाहको मृत्यु भएको हो।

    राति सुतिरहेको बेला घरमाथिबाट खसेको पहिरोले पुरिँदा शाहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

    जिप्रकाका सूचना अधिकारी प्रहरी निरीक्षक सुधिरकुमार खड्काका अनुसार पहिरोले पुरिँदा जयशिला शाहकी ४० वर्षीया छोरी मेनुका शाह (थापा)र ७ वर्षीया नातिनी टिका थापा सामान्य घाइते भएका छन्।

    उनीहरूलाई स्थानीयवासी र प्रहरी टोलीले उद्धार गरी उपचारका लागि अस्ताल पठाएका प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार