काठमाडौँ। अमेरिका र इरानबीच फेरि तनाव सुरू भएको छ। अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेपछि फेरि तनाव सुरू भएको हो।
अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले इरानका लगभग १४० सैन्य प्रतिष्ठानलाई निसाना बनाइएको बताएको छ।
सेन्टकमका अनुसार इरानले हर्मुज स्ट्रेटमा साइप्रस झन्डावाला कन्टेनर जहाजमा आक्रमण गरेपछि जवाफी हमला गरिएको हो।
जहाजमा आगो लागेको छ भने इन्जिनमा व्यापक क्षति भएको छ। र, चालक दलका एक सदस्य बेपत्ता भएका छन्।
उता इरानले भने अनधिकृत रूपमा जहाज प्रवेश गर्न थालेपछि हर्मुज जलमार्ग अनिश्चितकालका लागि बन्द गरिएको बताएको छ।
सेन्टकमले एक्समा जारी गरेको विज्ञप्तिमा भनिएको छ, व्यावसायिक जहाजमा यसअघि गरिएको हमलाका बेला जवाफदेहिता निर्धारण गरिसकेपछि पनि इरानलाई सम्झौता पालना गर्ने अर्को अवसर दिइएको थियो, तर यो फेरि असफल भयो।’
अमेरिकाका रक्षामन्त्री पिट हेगसेथले सेन्टकमको विज्ञप्ति सेयर गर्दै लेखेका छन्, ‘इरानले गलत निर्णय गर्यो। अब उसले मूल्य चुकाउनुपर्नेछ।’
यसैबिच इरानले बदलामा कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य अड्डामा ड्रोन आक्रमण गरेको इरानको सरकारी टीभी आईआरआईबीले जनाएको छ।
यद्यपि अमेरिका, कुवेत र बहराइनले अहिलेसम्म आक्रमणको पुष्टि गरेका छैनन्।
यस हप्ताको सुरुमा इरानले हर्मुजमा तीन व्यावसायिक तेल ट्यांकरमा आक्रमण गरेपछि अमेरिकासँग आक्रमणको शृंखला सुरु भएको हो।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend