Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • अमेरिका र इरानबीच फेरि तनाव, हर्मुज जलमार्ग बन्द


    आइतबार, असार २८ २०८३
    620
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। अमेरिका र इरानबीच फेरि तनाव सुरू भएको छ। अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेपछि फेरि तनाव सुरू भएको हो।

    अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले इरानका लगभग १४० सैन्य प्रतिष्ठानलाई निसाना बनाइएको बताएको छ।

    सेन्टकमका अनुसार इरानले हर्मुज स्ट्रेटमा साइप्रस झन्डावाला कन्टेनर जहाजमा आक्रमण गरेपछि जवाफी हमला गरिएको हो।

    जहाजमा आगो लागेको छ भने इन्जिनमा व्यापक क्षति भएको छ। र, चालक दलका एक सदस्य बेपत्ता भएका छन्।

    उता इरानले भने अनधिकृत रूपमा जहाज प्रवेश गर्न थालेपछि हर्मुज जलमार्ग अनिश्चितकालका लागि बन्द गरिएको बताएको छ।

    सेन्टकमले एक्समा जारी गरेको विज्ञप्तिमा भनिएको छ, व्यावसायिक जहाजमा यसअघि गरिएको हमलाका बेला जवाफदेहिता निर्धारण गरिसकेपछि पनि इरानलाई सम्झौता पालना गर्ने अर्को अवसर दिइएको थियो, तर यो फेरि असफल भयो।’

    अमेरिकाका रक्षामन्त्री पिट हेगसेथले सेन्टकमको विज्ञप्ति सेयर गर्दै लेखेका छन्, ‘इरानले गलत निर्णय गर्‍यो। अब उसले मूल्य चुकाउनुपर्नेछ।’

    यसैबिच इरानले बदलामा कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य अड्डामा ड्रोन आक्रमण गरेको इरानको सरकारी टीभी आईआरआईबीले जनाएको छ।

    यद्यपि अमेरिका, कुवेत र बहराइनले अहिलेसम्म आक्रमणको पुष्टि गरेका छैनन्।

    यस हप्ताको सुरुमा इरानले हर्मुजमा तीन व्यावसायिक तेल ट्यांकरमा आक्रमण गरेपछि अमेरिकासँग आक्रमणको शृंखला सुरु भएको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार