काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गतको अन्तिम क्वाटरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ। कान्सास सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३-१ ले पराजित गरेको हो।
खेलको सुरुवाती पाँच मिनेट स्विट्जरल्यान्डले अर्जेन्टिना विरुद्ध दबाब बनाएको थियो। त्यसपछि भने अर्जेन्टिना आफ्नो लयमा फर्कियो। खेलको १० औं मिनेटमा अर्जेन्टिनाले अग्रता बनायो। लियोनल मेसीले प्रहार गरेको कर्नरमा एलेक्सिस म्याक एलिस्टरले हेडरमार्फत गोल गरेका थिए।
खेलको दोस्रो हाफमा स्विजरल्यान्डले अर्जेन्टिना विरुद्ध गोल फर्कायो। स्विजरल्यान्डका लागि खेलको ६७ औं मिनेटमा डान एन्डोएले गोल गरेका हुन्।
खेलको ७२ औं मिनेटमा स्विट्जल्यान्डका स्ट्राइकर ब्रेल एम्बोलोले रातो कार्ड बेहोरे। स्विट्जरल्यान्ड १० खेलाडीमा सीमित बन्यो। उनलाई फाउल गरेको भन्दै लिए अर्जेन्टिनाका लिएन्द्रो पारेडेसले पहिलो कार्ड पाएका थिए। तर भिडियो रेफ्री (भार) को निर्णयपछि स्विट्जरल्यान्डको फर्वार्डले सिमुलेसन (बाहना) गरेको भन्दै दोहोरो पहिलो कार्डसहित रातो कार्ड बेहोरेका हुन्।
खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीले थप गोल गर्न सकेनन् । जसको फलस्वरूप खेल अतिरिक्त समयमा लम्बियो। अतिरिक्त समयको ११२औं मिनेटमा अर्जेन्टिनाले दोस्रो गोल गर्यो। अर्जेन्टिनाको लागि जुलियन अल्भारेजले गोल गरेका हुन् । यो गोल सहित अर्जेन्टिनाले १० खेलाडीमा सीमित स्विट्जरल्यान्ड विरुद्ध अग्रता बनायो।
खेलको अतिरिक्त समयमा थप गरिएको ४ मिनेटको इन्जुरी समयको पहिलो मिनेटमा अर्जेन्टिनाका लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई ३-१ को स्थितिमा ल्याए। यो नै अर्जेन्टिनाको लागि निर्णायक गोल रह्यो। अर्जेन्टिनाले सेमिफाइनलमा इङ्ल्यान्डसँग खेल्नेछ।
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण हालसम्म १ हजार ३५७ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend