काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गतको अन्तिम क्वाटरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ। कान्सास सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३-१ ले पराजित गरेको हो।
खेलको सुरुवाती पाँच मिनेट स्विट्जरल्यान्डले अर्जेन्टिना विरुद्ध दबाब बनाएको थियो। त्यसपछि भने अर्जेन्टिना आफ्नो लयमा फर्कियो। खेलको १० औं मिनेटमा अर्जेन्टिनाले अग्रता बनायो। लियोनल मेसीले प्रहार गरेको कर्नरमा एलेक्सिस म्याक एलिस्टरले हेडरमार्फत गोल गरेका थिए।
खेलको दोस्रो हाफमा स्विजरल्यान्डले अर्जेन्टिना विरुद्ध गोल फर्कायो। स्विजरल्यान्डका लागि खेलको ६७ औं मिनेटमा डान एन्डोएले गोल गरेका हुन्।
खेलको ७२ औं मिनेटमा स्विट्जल्यान्डका स्ट्राइकर ब्रेल एम्बोलोले रातो कार्ड बेहोरे। स्विट्जरल्यान्ड १० खेलाडीमा सीमित बन्यो। उनलाई फाउल गरेको भन्दै लिए अर्जेन्टिनाका लिएन्द्रो पारेडेसले पहिलो कार्ड पाएका थिए। तर भिडियो रेफ्री (भार) को निर्णयपछि स्विट्जरल्यान्डको फर्वार्डले सिमुलेसन (बाहना) गरेको भन्दै दोहोरो पहिलो कार्डसहित रातो कार्ड बेहोरेका हुन्।
खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीले थप गोल गर्न सकेनन् । जसको फलस्वरूप खेल अतिरिक्त समयमा लम्बियो। अतिरिक्त समयको ११२औं मिनेटमा अर्जेन्टिनाले दोस्रो गोल गर्यो। अर्जेन्टिनाको लागि जुलियन अल्भारेजले गोल गरेका हुन् । यो गोल सहित अर्जेन्टिनाले १० खेलाडीमा सीमित स्विट्जरल्यान्ड विरुद्ध अग्रता बनायो।
खेलको अतिरिक्त समयमा थप गरिएको ४ मिनेटको इन्जुरी समयको पहिलो मिनेटमा अर्जेन्टिनाका लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई ३-१ को स्थितिमा ल्याए। यो नै अर्जेन्टिनाको लागि निर्णायक गोल रह्यो। अर्जेन्टिनाले सेमिफाइनलमा इङ्ल्यान्डसँग खेल्नेछ।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend