काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले आत्मदाह प्रयासपछि मृत्युवरण गरेका गणेश नेपालीको घटनामा राजनीति नर्गन सांसदहरूलाई चेतावनी दिएका छन् ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफमा गृहमन्त्रीले विपक्षी दलका सांसदहरूलाई यस्तो चेतावनी दिएका हुन् ।
आत्मदाह प्रयास गरेका नेपालीलाई अथक प्रयास गर्दा पनि बचाउन नसकिएको उल्लेख गर्दै मन्त्री गुरुङले सो घटनामा राजनीति चेतावनी दिएका हुन्।
उनले भने,‘मलाई ढाँट्न आउँदैन, सदनलाई ढाँट्दा मलाई पाप लाग्छ।’
गणेश नेपालीको उपचारको क्रममा मन्त्री गुरुङले मिडियाकर्मी बोलाएर वीर अस्पताल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गएर ‘स्टन्ट’ गरेको सांसदहरूले आरोप लगाएका थिए ।
सो आरोपको प्रतिवाद गर्दै गुरुङले भने, ‘मैले घेरेर बस्न मिडियाकर्मी बोलाएको होइन ।’ पुस्ताको इज्जत धान्ने कर्तव्य आफ्नो भएको मन्त्री गुरुङले बताए ।
यस्तै गृहमन्त्री गुरुङले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको लासमाथि राजनीति भएको आरोप लगाएका छन् । उनले भने, ‘निर्मला पन्त सानो नानीको लासमाथि राजनीति गर्ने को हो ?’
यस्तै दैलेखमा भएको दुर्घटनामा हेलिकप्टर प्रयोग नगरिएको प्रश्नमा गुरुङले प्रतिप्रश्न गरे, ‘हेलीले माथिबाट तल बगेको देखिन्छ? हेलि गएर उद्धार हुने होइन ।’
ट्राफिक प्रहरीले चाहेर जरिवाना गर्न नसक्ने उल्लेख गर्दै उनले भने, ‘जरिवाना गर्ने कानुन तपाईंहरुले नै बनाएको हो । जरिवाना बढाउने विषय विधेयक मात्र हो, पास भएको छैन। ’ जनतालाई दुःखमा देख्न नचाहने उल्लेख गर्दै उनले भने, ‘हामी विपक्षीको पनि आँसु हेर्न चाहँदैनौँ ।’
काठमाडौं । ‘आर्थिक आत्मनिर्भरता तथा सशक्तीकरणका लागि मानव संसाधन विकास कार्यक्रम’ विषयक दुईदिने अन्तर्राष्ट्रिय कार्यशाला मंगलबार सफलतापूर्वक सम्पन्न भएको छ । कार्यशाला सोसल वर्कर्स...
काठमाडौँ । नेपाल नेत्र ज्योति संघले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु।...
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आज बाढी प्रभावित क्षेत्र नुवाकोट जाने भएका छन् । बाढीपीडितका लागि राहत सामग्रीसहित स्थलगत निरीक्षणका लागि काठमाडौँबाट स्थलगत...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोसी बाढीप्रभावितहरूको पुनर्स्थापना र पूर्वाधार पुनर्निर्माणबारे चासो व्यक्त गरेका छन्। बुधबार उनले परराष्ट्रमन्त्री शिशिर खनाल र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा पुनरावलोकनका लागि सर्वोच्च अदालतले दिएको अनुमतिबाटै आधाभन्दा बढी विजय भइसकेको दाबी गरेका छन् । कांग्रेस...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend