फाइल तस्वीर
काठमाडौं। आदिवासी जनजाति आयोगले गैँडालाई राष्ट्रिय जनावर बनाउन प्रस्ताव गरेको छ । संविधान संशोधनका लागि २५ बुँदे प्रस्ताव अगाडि सार्दै आयोगले राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउने प्रस्ताव गरेको हो।
आयोगले पत्रकार सम्मेलन गर्दै समय र परिस्थिति अनुसार जन आकांक्षा सम्बोधन गर्न र नयाँ शासन सञ्चालनका पुराना व्यवस्थालाई प्रभावकारी र परिवर्तनीय बनाउन संविधान संसोधन आवश्यक परेको भन्दै २५ बुँदे संविधान संशोधन प्रस्ताव प्रतिवेदन सार्वजनिक गरेको छ ।
आयोगले धारा-९ को उपधारा २ र ३ मा प्रदेश अनुसार सरकारी कामकाजको लागि तोकिएको भाषामा राष्ट्रिय गान गाउने व्यवस्था गर्न सकिने र राष्ट्रिय जनावर गाईको सट्टा गैँडा हुनेछ भन्ने प्रस्ताव गरेको हो। आयोगले गाई सबै धार्मिक (मुस्लिम) र साँस्कृतिक समुदाय (किरात, राई लगायत)को साझा हुन नसक्ने भएकोले परिवर्तन गर्नुपर्ने धारणा राखेको छ।
यसैगरी राज्यको संरचना संघ, प्रदेश, स्थानीय र संरक्षित तथा स्वायत्त क्षेत्र गरी ४ तह हुने प्रस्ताव गरिएको छ। प्रदेशसभाले प्रदेशको मुख्य मन्त्री र सभामुखको चयन गर्दा सम्बन्धित प्रदेशमा रहेको आदिवासी जनजाति, मधेशी, दलित र मुस्लीम समुदायको जनसंख्याको आधारमा उक्त समुदायका प्रतिनिधिलाई प्राथमिकता दिनुपर्ने आयोगको प्रस्ताव छ ।
आयोगले संविधान संसोधनले सर्वाभौम जनताको हक अधिकार र किनाराकृत समुदायको पहिचान, पहुँच र प्रतिनिधित्वको अवसरलाई अझ सरल, विश्वसनीय र सार्थक बनाउने विश्वास व्यक्त गरेको छ।
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend