काठमाडौं । साढे तीन बर्षअघि २०७९ माघ ९ गते सङ्घीय संसद् भवन नयाँबानेश्वरअगाडि आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको २ दिनपछि रास्वपा सभापति रवि लामिछानेले तत्कालीन सरकारलाई दोषी करार गर्दै सामाजिक संजाल फेसबुकमा स्टाटस लेखेका थिए । तर, रास्वपा नेतृत्वको दुईतिहाईको सरकार गठन भएको ३ महिनामै राज्यको ज्यादतिले गर्दा गणेश नेपालीले बिहीबार राहदानी बिभागको मूलगेट अगाडि आत्मदाह गर्दा लामिछाने चुपचाप छन् ।
लामिछानेले राज्यले ज्यादति गरेकोमा माफी मागेका छैनन् । रास्वपाका सभापतिले आफ्नै पार्टीको सरकारले जरिवाना असुलीका लागि गरेको ज्यादति सहन गर्न नसकी गणेश नेपालीले आत्मदाहजस्तो आफैं आफ्नै शरीरमा आगो लगाउने परिस्थिति निम्तिएको जिम्मा लिनुपर्ने होइन भन्ने आवाज नागरिकले गर्न थालेका छन् ।
प्रेमप्रसादले त भाटभटेनी सुपरस्टोर्सले आफूसँग सामान उधारो लिएर समयमा नतिरेकाले आत्मदाहको बाटो समातेको बताएका थिए । तर गणेश नेपालीले त राज्यका निकायले ज्यादतिपूर्ण रुपमा तोकेको १० हजार जरिवाना तिर्नुपर्ने भएपछि आत्मदाहको बाटो रोजेका छन् ।
लामिछानेले त्यतिबेला एउटा नागरिकले अत्मदाह गर्नुपर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र भन्दै लेखेका थिए–‘एउटा नागरिकले आत्मदाह गर्नुपर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र । यस्तै परिस्थितिका कारण शान्त बिद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौं । मलाई थाहा छ, आत्मदाहको निर्णय हिजोदेखिको निराशा र पीडाको परिणाम हो । दुःख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँहरुको आगमनले समेत तपाईंमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन । यसमा हामी दोषी छौं, म दोषी छु । प्रेम आचार्यजी, नयाँ राजनीतिक दल र नेताको रुपमा तपाईंमा आशा जगाउन सकिनौं, हामीलाई माफ गर्नु होला । तपाईंको आत्माले चिरशान्ति पाओस्, परिवारलाई यो पीडा सहने शक्ति मिलोस् ।’
रास्वपा नेता बालेन्द्र शाहको सरकार आएपछि इन्द्रबहादुर राईले बासस्थानबाट जबर्जस्ती लखेटेपछि आत्महत्या गरे । बिहीबारै एक महिला धोबीखोलामा हाम्फालेर मरिन् । गणेश नेपालीले आत्मदाह गरेपछि आफूले जरिवाना असुुल्न गरेको अत्याचार छोप्न उनलाई सरकारले उपचारार्थ भारत लगेको छ । तर ७० प्रतिशत भाग जलिसकेकाले उनको अवस्था चिन्ताजनक रहेको बताइन्छ ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend