Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • संविधानका आधारभूत विषयमा कांग्रेसले कुनै सम्झौता गर्दैन: सभापति थापा


    बिहिबार, असार २५ २०८३
    285
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान संशोधन प्राथमिकता निर्धारण गरेर मात्र गर्नुपर्ने बताएका छन् । बिहीबार पार्टी कार्यालयमा आयोजित संविधान संशोधनबारेका बहस कार्यक्रममा बोल्दै सभापति थापाले सरकारी पक्षले संविधान संशोधनका सवालमा अपनाएको प्रक्रिया सही नभएको बताए ।

    ‘संविधान संशोधनका विषयमा सर्वोच्च अदालतका बहालवाला वा अवकाशप्राप्त न्यायाधीशको नेतृत्वमा समिति बनाएर अथवा संसद् भित्रैबाट समिति बनाएर जान सकिन्छ’, सभापति थापाले भने, ‘प्राथमिकता निर्धारण गर्नुपर्छ भन्ने हाम्रो धारणा छ ।’

    उनले पहिलो चरणमा आयोगहरूको पुनरावलोकन गर्न सकिने र दोस्रो चरणमा सुशासन र सार्वजनिक सेवा प्रवाहका विषयमा प्रवेश गरेर संविधान संशोधन गर्न सकिने सभापति थापाको भनाइ छ । एकैपटक संविधान संशोधनका सबै कुरा खोल्दा दुर्घटना निम्तन सक्ने थापाको भनाइ छ ।

    ‘प्राथमिकता निर्धारण नगरी खुला गरियो भने यसले अराजकता निम्त्याउन सक्छ’, सभापति थापाले भने, ‘हामीले संविधान बनाउने बेलामा यी यी विषयबाहेक संशोधन गर्न सकिन्छ भनेको कुरा सरकारले सम्झनुपर्छ ।’ उनले संविधान संशोधनमा सरकारलाई सघाउने चाहाना भए पनि उत्तेजना वा पूर्वाग्रह नराख्ने बताए ।

    उनले संविधान संशोधनबारे भइरहेको बहस र अन्तर्वस्तुबारे कांग्रेसको धारणा विगतदेखि नै स्पष्ट पार्दै आएको बताए ।

    उनले संविधानको सारभूत विषय सङ्कुचन नगरी सुशासन र सेवा प्रवाह चुस्त बनाउने गरी संशोधन गर्न कांग्रेस अग्रसर रहने समेत बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार